जमलमा आगलागी

१४ भाद्र २०७०, शुक्रबार १२:४५ मा प्रकाशित

काठमाडौ, १४ भदौ । नेपालबैंक लिमिटेडको शाखा कार्यालयलगायतका अन्य थुप्रै कम्पनीका कार्यालयहरु रहेको कान्तिपथस्थित ज्योति भवनमा आगलागी भएको छ । शुक्रबार बिहान भएको आगलागीको कारण खुल्न सकेको छैन भने आगलागीको एक घण्टाभित्रै नियन्त्रणमा लिइएकोले सो क्षेत्रमा थप क्षति हुन भने पाएन ।
मूलतः हिरो मोटरसाईकलको शो रुम रहेको सो बिल्डिंगमा उक्त शोरुमभन्दा माथिल्ला दुईवटा तल्लामा आगलागी भएको हो । ५ वटा दमकल र सुरक्षा निकायहरुको सक्रियतामा आगलागी नियन्त्रणमा आएको थियो । काठमाडौंका दमकलहरुले नपुगेर ललितपुरबाटसमेत दमकल मगाइएको थियो ।
आगलागीबाट बैंकका अधिकांश कागजात, फर्निचरलगायत अन्य सरसामग्री जलेर नष्ट भएको र बैंकको नगद लकर र अति महत्वपूर्ण कागजात भने सुरक्षित रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्