नयाँ अनुहारले घेर्न थालेपछि कांग्रेसको उम्मेदवार छनोट मापदण्ड बदलियो

१४ भाद्र २०७०, शुक्रबार ०९:३२ मा प्रकाशित

काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसले शुक्रबारदेखि आगामी चुनावका लागि घोषणापत्र तयारीको काम थाल्ने भएको छ । राजनीतिक प्रस्तावको जगमा सबै सुझावहरूलाई समेटेर कांग्रेसले सबै मुद्दाहरूमा प्रस्ट दृष्टिकोण ल्याउने गरी घोषणापत्र तयार गर्ने केन्द्रीय सदस्य एवं घोषणापत्र निर्माण समितिका सदस्य गगन थापाले जानकारी दिए । कांग्रेस केन्द्रीय समितिको बैठकले संघीयताका विषयमा एउटै धारणा बनाउन नसकेपछि त्यसको टुंगो लगाउने जिम्मासमेत घोषणापत्र निर्माण समितिलाई दिएको सन्दर्भमा घोषणापत्र निर्माणको कार्य निकै चुनौतीपूर्ण रहेको अर्का एक केन्द्रीय नेताले जनाए ।
पार्टी उपसभापति एवं घोषणापत्र निर्माण समितिका संयोजक रामचन्द्र पौडेलले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले सुझावसहित पारित गरेको थियो । पौडेलले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा ७ प्रदेशको विकल्प ल्याइुका साथै पहाडमा ८ र तराईमा ५ प्रदेशको विकल्पलाई पनि खुला राख्ने उल्लेख थियो । केन्द्रीय समितिको बैठकमा भने ६(७ प्रदेशमा जानुपर्ने माग उठेको थियो । त्यस्तै १३ प्रदेश, चौध अञ्चल या पाँच विकास क्षेत्रलाई प्रदेश मानेर जाने प्रस्ताव पनि आएका थिए । यसरी प्रदेशको संख्यामा विवाद बढेपछि केन्द्रीय समितिले सबैको राय सुझावसमेतलाई सम्बोधन गरेर किटान गर्ने जिम्मा घोषणापत्र निर्माण समितिलाई दिइएको बताइएको छ ।
यसैबीच नेपाली कांग्रेसले पार्टीमा रहेर लामो समय संघर्ष गरेका र जनआन्दोलनमा भाग लिई महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिलाई उम्मेदवारमा सिफारिस गर्न निर्वाचन क्षेत्रीय समितिलाई निर्देश दिने भएको छ । नवप्रवेशीसमेतबाट उम्मेदवारका लागि दबाब आउन थालेको भन्दै केन्द्रीय समितिको बिहीबारको बैठकले यस्तो मापदण्ड तय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको