पूर्वमन्त्रीका गार्डको हातबाट पेस्तोल लुटियो

१४ भाद्र २०७०, शुक्रबार ०६:५९ मा प्रकाशित

काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका नेता तथा भूपूमन्त्री गोपालजी जंग शाहको सुरक्षा गार्डको पेस्तोल लुटिएको छ । घटना रुकुमको हो । सुरक्षा खतरा रहेको भन्दै जिल्ला प्रहरी कार्यालय रुकुमबाट एक प्रहरी जवान शाहको सुरक्षार्थ खटाइएको थियो । शाहको सुरक्षामा खटिएका प्रहरी जवान चेतलाल सिंह ठकुरीको साथमा रहेको ७ राउण्ड गोली लोड भएको पेस्तोल लुटपाट भएको हो ।
प्रहरीले जनाएअनुसार कांग्रेस नेता शाह रुकुमको छिवाङ–१ मा कार्यकर्ता भेटघाट गरी गोपाल के.सी. नामक एक कार्यकर्ताको घरमा खाना खाएर बसिरहेको अवस्थामा स्थानीय दिपक के.सी. नामका व्यक्तिसहित चार–पाँचजनाको समूह पुगी प्रहरी जवान ठकुरीलाई घरबाहिर बोलाएको र कसले बोलायो भनी बुझ्नका लागि बाहिर निस्कँदा उनीमाथि केसीको समूहले अचानक हातपात गरेर उनको साथमा रहेको पेस्तोल लुटेर भागेका थिए । यसरी सुनियोजित तवरबाट पेस्तोल लुटिएको घटनाले अहिले जिल्लामा सनसनी छाएको बताइएको छ भने स्थानीयवासीमा त्रास छाएको छ । कतिपय स्थानीयले पेस्तोल लुट्ने घटनामा मोहन वैद्य नेतृत्वको माओवादी कार्यकर्ताको हात रहेको आशंका गरेका छन् भने प्रहरीले पेस्तोल लुटेरा समूहको खोजतलास गरिरहेको छ ।
उता प्युठान स्यालीवाङ–९ बस्ने २९ बर्षीय टोपबहादुर बुढा मगरलाई प्रहरीले कटुवा पेस्तोल १ थान र सोको गोली १ राउण्ड सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरी टोलीले लुङ–६ बस्ने तुलाराम पुनको घर तलासी गर्दा उनलाई उक्त कटुवा पेस्तोल र गोली सहित फेला पारेको थियो । यस्तै, दाङ बाघमारे–८ बस्ने ५० बर्षीय रत्न घर्तीलाई प्रहरीले भरुवा बन्दुक १ थान सहित पक्राउ गरेको छ । उनलाई मकै बारीमा भरुवा बन्दुक लुकाई राखेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा