गोर्खाल्याण्डको पक्षमा प्रशान्त उभिएपछि दार्जलिङमा बेग्लै तरङ्ग

१३ भाद्र २०७०, बिहीबार १४:१५ मा प्रकाशित

काठमाडौं, १३ भदौ । पूर्व ईन्डियन आईडल गायक प्रशान्त तामाङले आफू ईन्डियन आईडल बनेर बनाएको ख्याति छुट्टै राज्य मागको लागि प्रयोग गर्ने बताएका छन् । दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनप्रति समर्थन या विरोध नगरी मौन बसेको भन्दै दार्जिलिङवासी रुष्ट बनेपछि प्रशान्तले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । कोलकत्ता प्रहरीका जागिरेसमेत रहेका तामाङले गोर्खाल्याण्ड आन्दोलनप्रति समर्थन जनाउँदै यो अभियान छोड्न नहुने भन्दै उक भिडियो सन्दैश नै सार्वजनिक गरेका हुन् ।
दार्जिलिङ टाईम्सले जनाएअनुसार भिडियो सन्देशमा उनले गोर्खाल्याण्डको मागलाई छाड्न नहुाने धारणा राख्दै भनेका छन्- ‘तपाईहरु नसोच्नुस् कि प्रशान्त तामाङको यसमा समर्थन छैन्’,  उनले भनेका छन्, ‘म जहिले पनि यसमा छ । केही पर्‍यो भने म तपाईको साथमा छु ।’ दार्जिलिङबासीले एक भएर आफूलाई ईन्डियन आईडलमा जिताएको स्मरण गर्दै तामाङले गोर्खाल्याण्ड आफूहरुको हक हुनाले पाउनै पर्ने दाबीका साथ एक भएर गोर्खाल्याण्ड आन्दोलन सफल पार्नुपर्ने धारणा राखेको समाचारमा उल्लेख छ ।
प्रशान्त यसरी खुलेर गोर्खाल्याण्डको पक्षमा उभिएपछि दार्जलिङमा बेग्लै तरङ्ग आएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी