आज नेपालीहरुको नयाँवर्ष

१ बैशाख २०६९, शुक्रबार ०९:०० मा प्रकाशित

काठमाडौ, १ बैशाख । आज वि सं २०६९ साल बैशाख महिनाको पहिलो दिन, २०६८ सालको विदाई र नयाँवर्षको स्वागतमा देशभरमा बिभिन्न कार्यक्रम गरेर नयाँवर्ष मनाइदैछ । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको काम टुङ्गोमा पुग्ने सङ्केतपछि नागरिकमा नयाँ उत्साह तथा उमङ्गको सन्चार भएको छ । माओवादी लडाकु, हतियार तथा लडाकु बस्दै आएको शिविर नेपाली सेनाको मातहतमा आएपछि शान्ति प्रक्रिया टुङ्गिने र संविधान निर्माणको काम पूर्व निर्धारित समयमै सकिने आशा नागरिकले गरेका छन् । विगतमा भएका कमिकम्जोरीको समीक्षागर्दै आगामी योजना र सच्याउनुपर्ने बिषयकोबारेमा छलफल तथा मनन गरेर नयाँवर्ष मनाउने परम्परा छ । नयाँवर्षको अवसर पारेर बिभिन्न राजनीतिक दल, संघसङ्गठनहरुले आज औपचारिक एवम् अनौपचारिक कार्यक्रम गरेर शुभकामना आदानप्रदान गर्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी