प्रवासमा पनि गुल्मेली एकता

१३ भाद्र २०७०, बिहीबार ०९:५४ मा प्रकाशित

अमेरिकाको न्युयोर्कमा विभिन्न पेसामा आबद्ध गुल्मेलीले समाजसेवी एवम् महिला नेतृ गोमा सेनको संयोजकत्वमा गुल्मी–अमेरिका सोसाइटी नामको संस्था निर्माण गरेका छन् । न्युयोर्क राज्यको रोकल्यान्ड काउन्ट्रीमा पर्ने रोकल्यान्ड स्टेटपार्कमा गतहप्ता भएको विशेष भेलाले उक्त संस्थाको न्वारान गरेको हो । अमेरिकामा रहेका पर्शुराम देवकोटा, अपिल भण्डारी, अशोक ज्ञवाली, सरस्वती गौतम, प्रभा देवकोटा, गोविन्द पाण्डेलगायतका जुझारु युवाको सक्रियतामा आयोजित भेलामा नेपाल मिसन यूएनका प्रतिनिधि घनश्याम लम्सालले आफू जन्मिएको स्थानलाई माया गरेर त्यसको सर्वाङ्गीण विकासमा सक्दो सहयोग गर्ने पवित्र उद्देश्यसहित स्थापित संस्थाले जिल्लाको पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने कुरामा आफू आशावादी रहेको कुरा बताए । यूएन प्रतिनिधि लम्सालले देश छाडेर समुद्रपार आएर पनि आफू जन्मिएको माटोलाई देश–विदेशमा चिनाउने र जिल्लाको विकासमा सक्दो सहयोग गर्ने उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रम प्रसंशनीय भएको बताए । अमेरिकास्थित नेपाली राजदूुतावासमा कार्यरत जीतबहादुर कार्कीले न्युयोर्कमा मात्र बस्ने नभएर अमेरिकामा रहेका गुल्मेली समुदायलाई एकत्रित गरी संस्थामा आबद्धता गराउन आग्रह गरे ।
अमेरिकामै रहेर कानुनी क्षेत्रमा अग्रणी रहेका वरिष्ठ कानुनविद् एवम् नेपाली काङ्ग्रेसका युवा नेता खगेन्द्र जीसीले संस्था बनाउने मात्र ठूलो कुरा नभएर त्यसलाई निरन्तरता दिने प्रमुख रहेको नवगठित गुल्मी–अमेरिका सोसाइटीलाई अमेरिकी कानुनअनुसार वैधानिकता दिएर सबै गुल्मेलीलाई यही संस्थामा आबद्धता गराउनुपर्ने कुरामा जोड दिँदै संंस्था दर्तालगायतका अन्य सहयोग गर्न आफूले सधैँ सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । प्रवाशमा बसेर पनि गुल्मीको समग्र विकासमा प्रयास गर्ने सोच राखेर गुल्मी काङ्ग्रेसको लामो समयसम्म कोषाध्यक्ष पद समाल्दै महिला सङ्घ गुल्मीको सभापतिदेखि महाधिवेशन प्रतिनिधिसम्मको भूमिका सक्रिय नेतृत्व गरेका सेनको संयोजकत्वमा गठन भएको तदर्थ समितिको सचिवमा मनमोहनसिंह घिमिरे र सदस्यहरूमा हरिनारायण सापकोटा, कृष्ण पन्त, राजेन्द्र गौतम, भीम पन्त, अशोक ज्ञवाली, यम अर्याल, गोविन्द पाण्डे रहेका छन् । नवगठित तदर्श समितिको संयोजक सेनले एक वर्षभित्र अमेरिकी कानुनअनुसार विधान तयार गरी संस्थालाई वैधानिकता दिलाएर अमेरिकाको विभिन्न राज्यमा सङ्गठन विस्तार गरी अधिवेशन गरिने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न