नयाँ बर्षलाई स्वागत !! -कोमल भट्ट

१ बैशाख २०६९, शुक्रबार ०३:१५ मा प्रकाशित

नयाँ बर्ष !

तिम्रो आगमनलाई, हृदयदेखिकै स्वागत छ ।

तिम्रो स्नेहालु मुस्कानलाई, न्यानो अभिवादन छ ।

 

सोह्र शृंगारमा सजिएर आइदेऊ ।

मस्त यौबनले भरिएर आइदेऊ ।

रङ्गीन सपनाहरु बोकेर आइदेऊ ।

सयौं चाहनाहरु सँगालेर आइदेऊ ।

नव-दुलहीको रूपमा तिमीलाई स्वागत छ ।

तिम्रो सुन्दरतालाई न्यानो अभिवादन छ ।

 

मायालु प्रियतमा भएर आइदेऊ ।

उजाड मनहरुलाई हराभरा पारिदेऊ ।,

शून्यतामा रौनकता छरिदेऊ ।

रिक्ततालाई भरिपूर्ण पारिदेऊ ।

बलिष्ट सहाराको रूपमा तिमीलाई स्वागत छ ।

तिम्रो सद्भावनालाई न्यानो अभिवादन छ ।

 

भागिसकेको विश्वास ल्याइदेऊ ।

हराइसकेकी शान्ति बोलाइदेऊ ।

टुटिसकेको अभिलाषा गाँसीदेऊ ।

निदाइसकेको नैतिकता जगाइदेऊ ।

समुज्वलताको रूपमा तिमीलाई स्वागत छ ।

तिम्रो अविरल प्रेमलाई न्यानो अभिवादन छ ।

 

अधुरा कार्यहरु सबै पूरा गरिदेऊ ।

निराशाको बादल पूरै हटाईदेऊ ।

सधै जुनेली रात भएर आइदेऊ ।

सुमधुर स्वरले प्रभाती गाइदेऊ ।

आशा र भरोशाको रूपमा तिमीलाई स्वागत छ ।

तिम्रो स्वच्छ भावनालाई न्यानो अभिवादन छ ।

 

सबैलाई सुख र सम्वृद्धि छाईदेऊ ।

सुस्वास्थ्य ,दीर्घायु र तन्दुरुस्त बनाइदेऊ ।

उन्नति,प्रगति र सफलता ल्याईदेऊ ।

हरपल खुसी र शुभकामना बर्षाईदेऊ ।

हर्ष र आनन्दको रूपमा तिमीलाई स्वागत छ ।

तिम्रो शुभकामनालाई न्यानो अभिवादन छ ।

(नयाँ बर्ष २०६९ को हार्दिक शुभकामना सहित )

कोमल भट्ट,न्युयोर्क

२०६९/१२/२६, रविवार ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले