हिन्दु धर्म जोगाउन प्रशिक्षण

१३ भाद्र २०७०, बिहीबार ०८:१८ मा प्रकाशित

काठमाडौं, १३ भदौ । नेपाललाई हिन्दूराष्ट्र नै कायम गरिनुपर्ने माग राख्दै आएको विश्व हिन्दू महासङ्घ नेपालको आयोजनामा हिन्दूधर्म र संस्कृतिको जगेर्नाका लागि प्रशिक्षण हुादैछ । आज भदौ १३ र १४ गते काठमाडौंमा हुने उक्त प्रशिक्षणमा १४ अञ्चलका सभापतिहरूको सहभागिता रहनेछ । महासङ्घ अध्यक्ष नीलप्रसाद भण्डारीका अनुसार, हिन्दूधर्म र संस्कृतिविरुद्ध धावा बोल्ने क्रम तीव्र बन्दै गएकाले सो कार्यक्रमको आयोजना गरिएको हो । १४ अञ्चलका सभापतिले आ–आफ्नो क्षेत्रका जिल्लामा सोहीअनुरूपको प्रशिक्षण गर्ने र जिल्लाबाट गाउा–गाउासम्म पुर्‍याउने लक्ष्य विश्व हिन्दू महासङ्घले लिएको छ । काठमाडौंमा हिन्दूधर्मका अभियन्ता डा. माधव भट्टराई, जनार्दन घिमिरेलगायतले प्रशिक्षण दिनुहुनेछ ।
हिन्दू धर्म संस्कृति विश्वमै उत्कृष्ट भए पनि यसको महत्व बुझाउने काम कमै मात्रामा हुने गरेका कारण ओझेल पर्दै गएको र धर्मनिरपेक्षताका नाममा क्रिश्चियन धर्मको प्रचार गर्ने काम तीव्र पारिएकाले यस प्रकारका प्रशिक्षण हरेक समुदायमा गर्न आवश्यक रहेको पनि अध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा