डलरसँगै सुनको मूल्य आकासिँदै

१३ भाद्र २०७०, बिहीबार ०७:४४ मा प्रकाशित

काठमाडौं, १३ भदौ । गत मंसिर महिनामा सुनको भाउ उचालिएर प्रतितोला ६१ हजार ८ सय पुग्दा नेपालको अर्थबजारमा ठूलै तरंग आएको थियो । सुनको मूल्य सुनेर उदेकपूर्ण किसिमले सर्वसाधारण जिब्रो टोक्थे । तर, उक्त रेकर्डलाई पनि पछि पार्दै नेपाली बजारमा सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार हुन थालेको छ । एकैदिन ३ हजार ४ सय रुपैयाँ महँगो भई सुनले नयाँ रेकर्ड बनाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य आकाशिएसँगै नेपालमा सुनको भाउ लगातार बढिरहेको छ । गत चैतमा प्रतितोला ४८ हजार रुपैयाँसम्ममा ओर्लिएको सुन ४ महिनामा करिब १५ हजार रुपैयाँ महँगो भइसकेको छ । डलरसँग नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएका कारण त्यसको प्रभाव सुनमा समेत परेको अर्थविद्हरुले जनाएका छन् । लगानीकर्ताले डलर कमजोर हुने आँकलन गर्दै सुनमा लगानी बढाएपछि मूल्य बढ्न सघाएको विश्लेषकको भनाइ छ ।
नेपालमा मात्र नभई भारतीय बजारमा पनि सुनको भाउले उच्च रेकर्ड कायम गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार