गणतान्त्रिक नेपाल हिंसाबाट शान्तिको बाटो तर्फ: प्रधानमन्त्री भट्टराई

३० चैत्र २०६८, बिहीबार २०:३१ मा प्रकाशित

काठमाडौ, ३० चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले गणतान्त्रिक नेपाल हिंसाबाट शान्तिको बाटो तर्फ अग्रसर भएको बताउँदै आफ्नो कार्यकालमा यस्तो कार्यको सुरुवात भएकोमा खुशी ब्यक्त गरेका छन् । प्रधानमन्त्री भट्टराईले सरकार शान्ति र संविधान निर्माणका क्रममा निरन्तर लागेकै परिणाम मुलुकले ध्वंसबाट सृजनाको बाटो पहिल्याउन सफल भएको दावी समेत गरे ।

भट्टराईले मुलुक शान्ति प्रक्रियाको उत्कर्षमा पुगेको र सरकार यसबाट पछि नहट्ने पनि बताए। संविधान समयमै जारी हुने वातावरण बनेको उल्लेख गर्दै भने जसले यसमा बाधा खडा गर्छ, उसलाई जनताले कठघरामा उभ्याउने छन्।

प्रधानमन्त्री भट्टराईले दुवै सेना अब एकताबद्ध र अनुशासित भई अघि बढ्ने विश्वास पनि व्यक्त गरे। प्रधानमन्त्री भट्टराईले देशबासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन।

भट्टराईले सम्बोधनमा समाजमा मेलमिलाप कायम गराउनु, सत्य निरुपण आयोग गठन गर्नु र पीडितलाई राहत उपलब्ध गराउने काम बाँकी नै रहेको र त्यो प्रक्रिया समेत सुरु भइसकेको बताए।

भट्टराईले सम्बोधनमा थपे मधेसी मोर्चासँग भएको चार बुँदे सहमति कायम गर्ने, भूमि सुधार आयोगका प्रतिवेदनका आधारमा नयाँ कानुन निर्माण गर्ने, मुस्लिम आयोगमार्फत् उनीहरुको समस्या सम्बोधन गर्ने काम पनि भइरहेको छ ।

भट्टराईले सङ्घीयताविनाको संविधान आउने बजारी हल्लालाई विश्वास नगर्न पनि आग्रह गर्दै सरकार र दलहरु सबैभन्दा बढी समावेशी संविधान ल्याउन लागि परेकोले हुदाँ जनताले अधिकार पाउन सक्ने साझा दस्तावेजका रुपमा नयाँ संविधान आउने विश्वास मा रहन देश बासीलाई आग्रह समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका