फजुल खर्चमाथि अंकुश लगाउने अख्तियारको तयारी

१२ भाद्र २०७०, बुधबार ०७:१२ मा प्रकाशित

काठमाडौं, १२ भदौ । सरकारी निकायमा हुँदै आएका अनियमितता र भ्रष्टाचारको छानबिनमा पछिल्लो समय विशेष ध्यान केन्द्रित गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाजका अन्य विकृतिहरुमाथि पनि निगरानी राख्न थालेको छ । यसैअन्तर्गत आयोगले सामाजिक कार्य तथा चाडपर्वमा तडकभडक र फजुल खर्च नगर्न सबै जात, जाति र धर्मावलम्बीलाई आग्रह गरेको छ । तीज लगायतका चाडपर्व नजिकिँदै गर्दा अख्तियारले एक प्रेस विज्ञप्तिमार्फत् फजुल खर्च गरी भ्रष्ट क्रियाकलापलाई बढावा दिने काम नगर्न चेतावनी दिएको हो । मंगलबार जारी विज्ञप्तिमा अख्तियारले सामाजिक र सांस्कृतिक चाडपर्व, समारोह गर्दा तडकभडक तथा फजुल खर्च गर्ने प्रवृत्तिले समाजमा प्रतिस्पर्धा बढ्न गई भ्रष्टाचारले प्रश्रय पाउनेतर्फ सचेत गराउँदै सामाजिक कार्य र चाडपर्वमा मितव्ययिता अपनाउन अपिल गरेको छ।
विज्ञप्तिमा सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ ले गरेको प्रावधान समयसापेक्ष भए नभएको समीक्षा गरी त्यसमा यथोचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइसकिएको पनि जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी