सुनगाभा छानिँदा निशा र दिया दंग

११ भाद्र २०७०, मंगलवार २०:३२ मा प्रकाशित

काठमाडौं। विश्वकै प्रतिष्ठित फिल्मी पुरस्कार एकाडेमी अवार्ड अफ साइन्स (ओस्कार) का लागि आफू अभिनित चलचित्र छनोटमा परेपछि सुनगाभाका कलाकार दंग परेका छन्। एकाडेमी अवार्ड अफ साइन्सले चलचित्र विकास बोर्डलाई केही समयअघि ओस्कारको विदेशी भाषाको चलचित्रका लागि उत्कृष्ट चारवटा चलचित्र छनोट गरी एउटा सिफारिस गर्न पत्र पठाएको थियो। सोहीअनुसार बोर्डले गठन गरेको सिफारिस छनोट समितिले बधशाला, शिरिषको फूल, साँघुरो र सुनगाभा छनोट गरेको थियो। अन्य तीन चलचित्रलाई पछि पार्दै समितिले सुनगाभा ओस्कारका लागि सिफारिस गरेको हो।
लेस्वियन कथावस्तुमा आधारित सुनगाभाको निर्देशन सुवर्ण थापाले गरेका हुन्। चलचित्रमा सौगात मल्ल, निशा अधिकारी र दिया मास्केको प्रमुख भूमिका रहेको छ। आफूले अभिनय गरेको चलचित्र ओस्कारमा छनोट भएपछि निशा र दियाको खुसीको सीमै छैन। पहिलोपल्ट समलिंगी सेक्सको विषयमा आधारित चलचित्रलाई ओस्कारमा पठाइएकोमा उनीहरूले प्रशन्नता व्यक्त गरेका छन्। आफूद्वारा अभिनित चलचित्रहरू एकपछि अर्को असफल बन्दै गए पनि सुनगाभाको ओस्कार उडानले सौगात, निशा र दियालाई फाइदा पुगेको छ।
निर्देशक थापाले यसअघि सुनगाभा चलचित्रको शीर्षक द स्नो फ्लावर राखेका थिए। दुई समलिंगी युवतीबीच कसरी यौन आकर्षण बढ्छ र उनीहरूको पारिवारिक जीवन भताभुंग हुन्छ भन्ने विषय सुनगाभामा देखाउन खोजिएको छ। यसका निर्देशक थापाले फ्रान्समा चलचित्रसम्बन्धी अध्ययन गरेका हुन्। फ्रान्सेली फिल्मको पूर्ण प्रभाव सुनगाभामा देख्न सकिन्छ। पहिलोपल्ट नेपाली चलचित्रमा प्रयोग गरेको विषयवस्तु नै ओस्कारका लागि छानिएपछि सुवर्ण आश्चर्यचकित भएका छन्। यसअघि नेपालबाट क्याराभान, मुनामदन, बसाइँ, मुखुन्डो चलचित्र ओस्कारमा छनोट गरी पठाइएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत बर्षको तीजमा फुर्के धागो बोलको गीतले सर्वाधिक चर्चा पाएपछि ‘फुर्के धागो २’ बजारमा आएको छ । यस

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित