दुईलाख अमेरिकनका माझ झल्कियो नेपाली संस्कृति

११ भाद्र २०७०, मंगलवार २०:२८ मा प्रकाशित

सूर्य थापा, न्युयोर्क । दुई लाखभन्दा धेरै अमेरिकन तथा क्यानेडियनहरुको सहभागीतामा सम्पन्न भएको अमेरिकन लोक फेस्टिबल २०१३ मा नेपाली झण्डा फहराउदै नेपाली कलाकाहरुले प्रस्तुति देखाएका छन् । अगष्ट २३ देखि २५ सम्म अमेरिकाको पर्यटकीय राज्य मेइनमा चलेको फेस्टिबलमा बरिष्ठ लोक गायक प्रेमराजा महतको संयोजकत्वमा ७ जना नेपाली कलाकारहरुले प्रस्तुति देखाएका हुन् । दौरा सुरुवाल र गुन्यु चोलीमा नेपालको झण्डा बोकेर कार्यक्रमस्थलमा उत्रिएका नेपाली कलाकारहरुको प्रस्तुतिबाट अमेरिकन तथा क्यानेडियन दर्शकहरुले रमाउँदै नाचेर साथ दिएका थिए । बिश्वका १२ देशका लोक कलाकारहरुको सहभागीता रहेको फेस्टीबलमा एशियाबाट नेपाल र चीनको मात्र सहभागीता रहेको थियो । प्रस्तुतिपछि लोक गायक महतले भन्नुभयो,’ अमेरिकन लोक फेस्टिबलमा नेपालको सहभागीताले नेपालको पर्यटनका साथै सास्कृतिक पक्षका बारेमा धेरै अमेरिकन तथा क्यानेडियनहरुलाई जानकारी भएको छ ।’कार्यक्रममा प्रेमराजा महतले ३३ बर्ष पहिला रेर्कड गरेका गितहरु दर्शकमाझ प्रस्तुत गर्दा सबै गैर नेपालीहरु नाचेको दृश्य निकै रोचक देखिएको थियो । फेस्टीबलमा गायक प्रेमराजाको गीतका साथै अनु श्रेष्ठ वन्त र रञ्जन बुढाथोकीको नृत्यमा दर्शकहरु निकै रमाएको देखिन्थ्यो । फेस्टिबलमा नेपालको तर्फबाट प्रेमराजा महत सहित अनु वन्त श्रेष्ठ, राज कपुर, रञ्जन बुढाथोकी, मनोज महत, सुशील गौतम र धन गुरुङको प्रस्तुति रहेको थियो । महत मेरिल्याण्ड तथा पेन्सिलभेनियाको लागि नेपाल सरकारको तर्फबाट महावाणिज्यदूत समेत रहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र