कोशी अञ्चल अस्पताल सुचारु

११ भाद्र २०७०, मंगलवार १४:०८ मा प्रकाशित

काठमाडौं, ११ भदौ । चार दिनदेखि बन्द रहेको कोशी अञ्चल अस्पताल सुचारु भएको छ । आन्दोलनरत चिकित्सकले उठाउँदै आएको माग सम्बोधन गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरेपछि मंगलबारदेखि अस्पतालको सेवा पुनः सञ्चालन भएको छ ।
चिकित्सकको लापरबाहीका कारण सिरहा लक्ष्मीपुरकी गर्भवती महिला अजमा परविनको मृत्यु भएको भन्दै मृतकका परिवारले अस्पतालभित्रै  प्रवेश गरी सम्बन्धित एक डाक्टरलाई लछारपछार गर्दै हातपात गरेपछि कोसी अञ्चल अस्पतालका ३८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका थिए । चिकित्सकहरुको राजीनामापछि अस्पतालको आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द थिए ।
गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकलाई सुरक्षाको प्रत्याभूति दिने तथा प्रसूति सेवामा थप चिकित्सक पठाउने लगायत विषयमा  प्रतिबद्धता जनाएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर चिकित्सक काममा फर्किएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको