सीमाक्षेत्रका कल सेन्टरमा प्रहरीको छापामारी

१० भाद्र २०७०, सोमबार २१:१५ मा प्रकाशित

काठमाडौं, १० भदौ । भारतीय सिमकार्ड प्रयोग गरी विराटनगर तथा आसपासका क्षेत्रमा गैरकानुनी रुपमा सञ्चालन गरिँदै आएका कम्युनिकेशन सेन्टरहरुमा मोरङ प्रहरीले छापा मारेको छ । विराटनगरका वडा नं. ७ र १७ मा संचालित ६ वटा कम्युनिकेशनहरुमा छापामारी उनीहरुले प्रयोग गरेको भारतीय सिमकार्ड, टेलीफोन सेट, तार, एण्टेना लगायतका सामग्री नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यसरी अवैध रुपले कम्युनिकेशन सञ्चालन गरी मासिक लाखौँ राजश्व छल्ने संचालकलाई समेत पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउपर्नेहरुमा विराटनगर–१७ का विकास गुलगुलिया, विराटनगर–१५ का धिरज कार्की, विराटनगर –१८ का असोक यादव विराटनगर–१४ का सुदिप झा विराटनगर–१७ का जगतलाल साह र विराटनगर–७ का इशाक अली रहेका छन् ।
मोरङ प्रहरीका अनुसार प्रहरीले छापा मारेको टेलिफोन सेन्टरबाट एक दर्जन टेलिफोन सेट, भारतीय सिमकार्डहरु लगायत एण्टेना, चार्जर र तारहरु बरामद गरिएको छ ।
दोश्रो संविधानसभाको निर्वाचनलाइ मध्यनजर गर्दै शान्ति सुरक्षा थप सुद्धिढ बनाउन सिमावर्ती क्षेत्रमा अवैद्ध तरिकाले संचालिन सम्पुर्ण टेलीफोन वुथहरु हटाउने अभियानमा प्रहरी लागेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस