नेपालको शान्ति प्रक्रियामा भएको प्रगतिको अमेरिकाद्वारा स्वागत

३० चैत्र २०६८, बिहीबार १८:०१ मा प्रकाशित

काठमाडौ, ३० चैत । शान्ति प्रक्रिया सम्पन्न गर्नेतर्फ हालै भएका उल्लेखनीय प्रगतिका लागि अमेरिकाले स्वागत गरेको छ । नेपालमा रहेको अमेरिकी राजदूतावासमार्फत आज विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियाका क्रममा भएको पछिल्लो प्रगतिलाई एक कोशेढुङ्गाको रूपमा लिन सकिने उल्लेख गरेको छ । विज्ञप्तिमार्पmत् अमेरिकाले यस महत्वपूर्ण घडीमा दृढसंकल्प र राजनीतिज्ञता प्रदर्शन गर्ने राष्ट्रिय राजनीतिक नेतृत्वको प्रशंसा पनि गरेको छ । सबै राजनीतिक दलका नेतालाई माओवादी लडाकूको नेपाली सेनामा समायोजन तथा संविधान निर्माण कार्य सम्पन्न गर्नेतर्फ एकजुट भई प्रयास जारी राख्न पनि अमेरिकाले आग्रह गरेको छ । शान्ति, प्रजातन्त्र र स्थायित्व हासिल गर्ने नेपालको प्रतिबद्धताको अमेरिकाको पूर्ण समर्थन रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर