नेपाली दूतावासद्वारा अखण्ड शान्तिद्धीप दक्षिण कोरिया ल्याउन सहयोग गर्नेहरुलाई सम्मान

१० भाद्र २०७०, सोमबार १९:४८ मा प्रकाशित

सोल । लुम्बिनीबाट अखण्ड शान्तिद्धीप दक्षिण कोरिया ल्याउन सहयोग गर्ने कोरियन तथा नेपाली नागरिकहरुलाई सोलस्थित नेपाली राजदूतावासले सम्मान गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी ७२ कोरियन र ३७ नेपालीलाई संयुक्त रुपमा सम्मान गरिएको हो । गत मे ११ परेको बुद्ध जयन्तीको अवसरमा नेपाली राजदूतावास र दोसन्सा गुम्बाले कोरियामा शान्तिद्धीप ल्याइएका थिए । उक्त शान्तिद्धीप लोटस लाल्टीन फेस्टभल र यहाँका १०८ बौद्ध बिहारहरुमा प्रज्वलन गरिएको थियो । सम्मानित व्यक्ति दोसन्सा गुम्वाका गुरु सन्मुख हेजाले नेपालबाट ल्याइएको अखण्ड शान्तिद्धीप मार्फत कोरियाली नागरिकमा बुद्धको जन्म र धर्मबारेमा नयाँ सन्देश दिएको बताए । उनले शान्तिद्धीप मार्फत नेपाल र कोरियाको प्राचीन सम्वन्ध अझ मजबुत भएको धारणा राखे । कार्यक्रममा राजदूत कमानसिंह लामाले शान्तिद्धीप मार्फत बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसार एंव नेपालको पर्यटन प्रर्बद्धनमा टेवा पुगेको बताउँदै नेपालमा धर्म निरपेक्षताको कुरा भइरहेको बेला शान्तिद्धीप मार्फत दुई देशबीच धार्मिक, सामाजिक एवं सांस्कृतिक सहिष्णुता कायम भएको जनाए । अखण्ड शान्तिद्धीप व्यवस्थापन समितिका संयोजक रुद्ध शर्माले आर्थिक विवरण पेश गर्दै शान्तिद्धीप भित्रयाउनका लागि विभिन्न संघसंस्था र व्यक्तिहरुबाट उठेको १ करोड ५९ लाख २९ हजार वन मध्ये १ करोड ५० लाख ६० हजार खर्च भएको र ८ लाख ६८ हजार बचत रहेको जानकारी दिए । कार्यक्रममा दोसन्सा गुम्बामा गुरु सन्मुख हेजा, पेन चङ् उक, छङ लाख खङ्, किम यन सु, सोन छक सेन, एन म्यन हिं, खङ पाक यी, लि फा सुन लगायत कोरियन नागरिक ७२ जना र नेपाली संघ-संस्था तथा व्यक्तित्वहरुमा व्यवसायी रुद्ध शर्मा, केपी सिटौला, विनोद कुवार, भिम गुरुङ, राजु क्षेत्री, याम खत्री, राजेश लामा, सन्तोष थापा, ध्यान राई, राजकाजी गुरुङ, अनिल गुरुङ, लगायत ३७ जनालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न