प्रहरीको भर्ना प्रक्रिया पारदर्शी रहेको दाबी

१० भाद्र २०७०, सोमबार ११:५१ मा प्रकाशित

काठमाडौं, १० भदौ । प्रहरीको भर्ना प्रक्रियामा प्रहरीहरु नै अनुत्तीर्ण भएको हल्लाले प्रहरीभित्रै पनि खलबली मच्चिरहेको बेला नेपाल प्रहरीका मानव संशाधन विभाग प्रमुख गंगा पाण्डले प्रहरी स्वयम अनुत्तीर्ण हुनुमा प्रहरी सेवामा प्रवेशपछि उनीहरुको स्वास्थ्य र फिटनेश समस्या रहेको तर्क गर्नुभएको छ । लोकसेवा आयोगले नयाँ २० बँुदे मापदण्ड लागु गरेका कारण त्यसमा कोही समावेश हुन नसकेको उहाँले बताउनुभयो । पाण्डेले नेपाल प्रहरीमा जारी भर्ना प्रक्रिया पारदर्शी रहेको दावी गर्नुभयो ।
छनोट प्रकृया पारदर्शी बनाउने सवालमा नेपाल प्रहरीले कुनै कसर बाँकी नराख्ने पनि प्रतिवद्धता जाहेर गर्नुभएको छ । विगतका प्रहरी भर्ना प्रकृयामा नेपाल प्रहरी भित्रैबाट मिलेमतोमा छनोट गरिने गरेको आलोचना आएको थियो । भर्ना हुन पुग्ने परिक्षार्थी आफै पनि पैसा पेल्न सकिए छनोट हुन सकिने अन्यथा निरास हुनुपर्ने भन्दै दलाल खोज्न लागिपर्ने तर अहिले प्रहरीले पारदर्शी बनाउन लोकसेवा आयोग र मिडियालाई प्रयोग गरेको छ । यसले प्रहरीभित्रको अनियमितता केही कम हुने संकेत भने देखिएको छ । परिणामको लागि भने भबिष्य नै कुर्नुपर्ने एक टिप्पणीकर्ताको कथन छ । नेपाल प्रहरीले भर्ना छनौटको प्रक्रिया हाल जारी रहेको भन्दै पाण्डेले घुमाउरो पारामा प्रहरीको मनोबल घट्नेगरि समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
यसैबीच, चरमपन्थी संगठन लश्कर ए तोयबाका बम विशेषज्ञको रुपमा चर्चित अब्दुल करिम टुण्डाको पक्राउमा नेपाल प्रहरीको पनि सहयोग रहेको चर्चा चलिरहेको बेला नेपाल प्रहरीले भने टुण्डाको पक्राउनमा आफ्नो संलग्नता नरहेको जानकारी दिएको छ । नेपाल प्रहरीले टुण्डाको पक्राउ नेपालबाट नभएको समेत स्पष्ट पारेको छ ।
प्रहरी प्रधान कार्यलयमा आयोजित पत्रकार सम्मेलनका क्रममा नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले नेपाल र भारतको सीमा क्षेत्र बनवासाबाट प्रक्राउ परेका भनिएका टुण्डाका विषयमा नेपाल प्रहरीको कुनै संलग्नता नरहेको जानकारी दिनुभयो । प्रवक्ता सिलवालले टुण्डाले नेपाली एयरपोर्ट प्रयोग गरेको आधार र सम्पर्कबारे जानकारी नभएको समेत प्रस्ट्याउनुभयो । डिआइजी सिलवालले छिमेकी मुलुकमा आतंककारी गतिविधी गरेर कुनै पनि ब्यक्ति नेपालमा आएर बस्ने सवाल नरहेको र यस्ता टिकाटिप्पणी निरआधार रहेका दाबी गर्नुभयो । उहाँले भारतमा अपराधिक गतिविधी गरेर अपरभकी नेपालमा बस्न नसक्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्