नेपालको आन्तरिक मामलामा भारतीय हस्तक्षेप आरोप मात्रै भएको रविशंकरको दाबी

९ भाद्र २०७०, आईतवार १६:२० मा प्रकाशित

काठमाडौं, ९ भदौ । एक गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन नेपाल आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख रविशंकर प्रसादले नेपाल र भारतवीचको सम्बन्ध राजनीतिभन्दा माथि साँस्कृतिक एकताको आधारमा रहेको धारणा सार्वजनिक गरेका छन् । आइतबार राजधानीमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा भाजपाका तर्फबाट राज्यसभामा विपक्षी दलका उपनेतासमेत रहेका प्रसादले नेपाल र भारतबीचको सम्बन्धलाई अझै पारस्परिक सम्मानको आधारमा अघि बढाउनु पर्नेमा जोड दिए ।
भारतमाथि यदाकदा नेपालको आन्तरिक मामलामा हस्तक्षेपको आरोप लाग्ने गरेको आफूले जानकारी पाएको तर त्यो मिथ्या भएको दाबी उनले गरे । नेपालको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ताको भारत सरकार, भारतका पार्टी र जनताले पूर्ण सम्मान गर्ने दाबी गर्दै उनले नेपाल लोकतान्त्रिक देशको रुपमा अघि बढोस्, संघीयता र गणतन्त्र अघि बढोस् भन्ने हाम्रो चाहना हो तर यहाँ कस्तो संविधान, शासन ब्यवस्था र सरकार बनाउने भन्ने कुरा नेपाली जनता र यहाँका राजनीतिक दलले नै फैसला गर्ने कुरा हो भन्ने धारणा प्रस्तुत गरे । उनले नेपालमा तोकिएकै समयमा संविधानसभाको निर्वाचन भएर छिट्टो संविधान निर्माण होस भन्ने भारतको चाहना रहेको खुलासा पनि गरे । निर्वाचन नेपाली जनता र दलले गर्ने भए पनि यसमा आफूहरुको सद्भाव रहेको भन्दै उनले त्यसको लागि आवश्यक सहयोग गर्न भारत तयार रहेको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो