एमाओवादीका कारण निर्वाचन सुरक्षा योजना प्रक्रिया नै अवरुद्ध, सेनालाई सुरक्षाको जिम्मेवारी नदिन एमाओवादीको दबाब

९ भाद्र २०७०, आईतवार ०९:४० मा प्रकाशित

काठमाडौं, ९ भदौ । आगामी संविधानसभा निर्वाचनका लागि सरकारले अघि बढाउन खोजेको सुरक्षा योजनासम्बन्धी प्रक्रिया अवरुद्ध बन्न पुगेको छ । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि सरकारले मुलुकका सबै सुरक्षा अंगलाई परिचालन गर्ने तयारी भइरहेको जनाएको थियो । तर, निर्वाचन सुरक्षा व्यवस्थामा आफू पनि खटिनु पर्ने हो भने के कस्तो भूमिका निर्वाह गर्नुपर्ने र के कति अधिकार हासिल हुने भन्ने सम्बन्धमा नेपाली सेनाले जवाफ मागेपछि प्रक्रिया अवरुद्ध हुन पुगेको बुझिएको छ । सुरक्षाका सन्दर्भमा सेनाले आफ्नो छुट्टै पहिचान र अस्तित्व खोज्नु अस्वाभाविक नभए पनि सरकारले सुरक्षा निकायलाई कसरी परिचालन गर्ने, कुन निकायलाई के जिम्मेवारी दिने या एकीकृत रुपमै परिचालन गर्ने, एकीकृत रुपमा परिचालन गर्ने हो भने नेतृत्व सेना या प्रहरी कसको जिम्मामा सुम्पिने भन्नेजस्ता सवालमा सरकारले गृहकार्य नगरेको कारण प्रक्रिया अवरुद्ध भएको हो । यसबाट सरकारको निर्वाचन सुरक्षा योजना तत्काल सार्वजनिक हुन नसक्ने अवस्था सिर्जना भएको छ ।
भूमिका प्रस्ट नभई सुरक्षाको जिम्मेवारीमा उत्रिँदा विवादमा परिने भएकाले जिम्मेवारी स्पष्ट हुन चाहेको  ‘नेपाली सेनाले जनाएको छ । सेनाले रक्षा मन्त्रालयमार्फत सरकारसँग आफ्नो स्पष्ट भूमिका माग गरेको तर सरकारले सोबारे स्पष्ट जवाफ दिन नसकेको स्रोतले जनायो । नेपाली सेनाले रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र गृहमन्त्री माधव घिमिरेसहित सबै मन्त्रीलाई राखेर मुलुकको पछिल्लो सुरक्षा स्थितिबारे जानकारी गराउँदै चुनावमा सेनाको भूमिकाका बारेमा स्पष्ट हुन सुझाव दिएको थियो। अर्को एक स्रोतका अनुसार चुनावमा सेना परिचालन गर्दा धाँधली गर्न नसकिने विश्लेषणका आधारमा एमाओवादी नेतृत्वले सेनालाई चुनावी सुरक्षाको जिम्मेवारी नदिन दबाब दिइरहेको छ । यही दबाबमा परेर सरकार सुरक्षा योजना सार्वजनिक गर्ने मामलामा अलमलमा परेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको