सुरु हुनुअघि नै गोलमेच बैठक तुहिएपछि माओवादीद्वारा आन्दोलनको धम्की

९ भाद्र २०७०, आईतवार ०८:१५ मा प्रकाशित

काठमाडौं, ९ भदौ । सरकार गठनबारे समीक्षा, निर्वाचनको मिति फेरवदल, चुनाव अघि गोलमेच सम्मेलनमै भावी संविधानका अन्तरवस्तुमा छलफल गर्नुपर्नेलगायतका पाँचबुँदा मोहन वैद्य नेतृत्वको माओवादीले अघि सारेपछि उच्चस्तरीय राजनीतिक समिति र माओवादीसहितको ३३ दलीय मोर्चाबीच वार्ता भाँडिएको छ । चुनावलाई असर गर्ने गरी कुनै पनि वार्ता नगर्ने भन्दै राजनीतिक समितिले मोर्चाले राखेको ५ बुँदे माग अस्वीकार गरेपछि वार्ता बिना निश्कर्ष टुंगिएको हो । माओवादीले ५ बुँदेमा सरकार गठनबारे समीक्षा, चुनाव अघि अन्तरवस्तुमा छलफल गोलमेच सम्मेलनमै गर्नुपर्ने माग राखेको थियो । प्रमुख दलले भने मोर्चाको मागलाई चुनाव सार्ने रणनीतिको रुपमा बुझे। वार्ता र गोलमेच बैठक सुरु नहुँदै भाँडिने अवस्था यहीँबाट सुरु भयो ।माओवादी अध्यक्ष मोहन वैद्यले यसलाई उच्चस्तरीय राजनीतिक समितिको गहिरो षड्यन्त्रका रुपमा चित्रित गरेका छन् । वार्तामा बस्दै नबसी छलफलका एजेण्डामाथि नकारात्मक टिप्पणी गर्दै बहाना बनाएर पाँच राजनीतिक दल पन्छिएको र माओवादीलाई चुनावमा सहभागी हुनुबाट जबर्जस्ती पन्छाउने षड्यन्त्र गरेको आरोप वैद्यले लगाए ।
अब गोलमेच सम्मेलन मात्र नभई माओवादीसँग वार्ता नै हुन नसक्ने अभिव्यक्ति प्रमुख राजनीतिक दलका नेताहरुले दिएबाट दलहरु एकतर्फी रुपमा निर्वाचनको बाटोमा लम्कने र माओवादीले पूर्वघोषित कार्यक्रमअनुरुप जसरी पनि चुनाव वहिष्कार वा भाँड्ने क्रियाकलाप सुरु गर्ने निश्चित भएको छ । यस अवस्थामा आगामी मंसिर ४ गते चुनाव हुनेमा आशंका गहिरिएको छ । यति चुनाव हुने नै भएछ भने पनि अकल्पनीय रुपले हिंसा मच्चिने सम्भावना बढेको राजनीतिक विष्लेषकहरुको टिप्पणी छ ।
यसैबीच माओवादी अध्यक्ष मोहन वैद्यले विदेशीको दबाबमा गोलमेच सम्मेलन बिथोलिएको दाबी गरेका छन् । दुई दिनअघि गोलमेचमा बस्न तयार दलहरु आश्चर्यजनक रुपमा वार्ताबाट भाग्नुको तात्पर्य विदेशीको दबाब नै भएको दाबी गर्दै वैद्यले अब आफ्नोअघिल्तिर आन्दोलनको विकल्प नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा