डिसीस्थित नेपाली दूताबासमा तीजको रमझम

८ भाद्र २०७०, शनिबार १९:३५ मा प्रकाशित

विजय थापा, भर्जिनिया । वाशिंगटन डिसीस्थित नेपाली दूताबासमा यस क्षेत्रका महिलाहरुले हरितालिका तीज विभिन्न मनोरंजनका कार्यक्रमहरु सहित दर खादै नाच गान गरेर मनाए । बिगतका बर्षहरु झैं दूताबासको पहलमा वाशिंगटन डिसी महानगर क्षेत्र वरि परि बसोबास गर्ने महिलाहरुलाई दर खुवाई नाच गान आयोजना गरेर यस बर्षको हरितालिका तीज मनाइएको हो ।

बिदेशमा कामको व्यस्तताले थकित चेली बेटीहरुले माइती घर पुगेको अनुभव गरेका थिए भने दूताबासले अभिभावकको भूमिका निर्वाह गरेकोमा डिसी महानगर क्षेत्रका महिलाहरु खुसि भेटिन्थे ।

दिदि बहिनि तथा चेली बेटीहरु राता साडी ,हरियो तथा छड्के पहेलो पोतेको तिलहरीमा सजिएर पुगेका थिए भने कार्यक्रममा बिभिन्न तीजका नयाँ पुराना गीतहरु बजाएर खुबै रमाएर राजदूत निवास थर्काएका थिए । नेपालको सम्झना गराउने गरि तीजको दर स्वरूप बिभिन्न परीकारका स्वादिष्ट पकवानहरुले दिदि बहिनिहरुलाई सन्तुष्ट बनाएको थियो । कार्यक्रममा अमेरिकन महिलाहरुको समेत सहभागिता रहेको थियो ।

दूताबासको पहलमा गरिएको हरि तालिका तीजको आयोजना श्रीमती कल्पना शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का