गोलमेचको गोलचक्करले चुनाव टर्नसक्ने कोइरालाको आशंका

८ भाद्र २०७०, शनिबार १७:३१ मा प्रकाशित

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादीले अघिसारेको गोलमेच बैठकप्रति गम्भीर आशंका प्रकट गरेका छन् । मंसिरमा हुन लागेको निर्वाचन सफल पार्न नभई बिथोल्नकै लागि यस्तो प्रस्ताव अगाडि सारिएको कोइरालाको बुझाई छ ।
नेपाल प्रेस युनियनद्वारा शनिबार चितवन भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा सभापति कोइरालाले आफूलाई पटक्कै चित्त नबुझे पनि मोहन वैद्यप्रति लचिलो बनेर मात्र गोलमेच बैठकको प्रस्ताव स्वीकार गरिएको खुलासा गरे । गोलमेचमाको गोलचक्करमा लाग्दा अन्ततः चुनाव नै टरेर जानसक्ने कोइरालाको तर्क छ । गोलमेच बैठक अमूर्त चित्रजस्तो भएको तर्क गर्दै सभापति कोइरालाले यसको विधिप्रक्रियाका लागि गृहकार्य गर्दा धेरै समय बित्ने र मंसिर ४ को डेटलाई पर सर्नसक्ने बताए । उनले अबको चुनाव टरेर गएमा मुलुकमा ठूलो दुर्घटना निम्तिने सम्भावना रहेकोले चुनाव मंसिर ४ मै हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्