बैद्य समूहको संयुक्त राष्ट्रिय जनआन्दोलन समितिद्धारा आन्दोलन घोषणा

३० चैत्र २०६८, बिहीबार १५:३४ मा प्रकाशित

काठमाडौ, ३० चैत । एकीकृत नेकपा माओवादीको मोहन बैद्य समूह सहित १२ दलको संयूक्त मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

समितिको आज बसेको बैठकले वैशाख ८ गते काभ्रेको धुलिखेल, १० गते उदयपुरको गाईघाट, १२ गते कास्कीको पोखरामा जनसभा गर्ने निर्णय गरेको छ ।
त्यसैगरी वैशाख १४ गते आदिवासी जनजाति संयुक्त संघर्ष समिति नेपालले काठमाडौमा  जनप्रर्दशन गर्ने त्यसैगरी १६ गते  झापाको दमक, १७ गते धनुषाको जनकपुर,१९ गते बाँकेको नेपालगञ्ज, २० गते कैलालीको धनगढी, २१ गते दिपालय , २२ गते रुपन्देहीको बुटवलमा जनसभा गर्ने निर्णय पनि बैठकले गरेको छ  ।
त्यसैगरी वैशाख २३ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान राज्य परिषद्को चक्रपथ मार्चपास कार्यक्रम काठमाडौमा गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी  वैशाख २५ गते बाग्लुङ् , २६ गतेदेखि ३० गते सम्म अन्तिम चरणको हस्ताक्षर संकलन र जेष्ठ १ गते विशाल र्यालीका साथ देशैभरबाट संकलित हस्ताक्षर संविधानसभाका अध्यक्ष लाई बुझाउने  आन्दोलनका कार्यक्रम पनि बैठकले तय गरेको छ ।
बैठकले  प्रत्येक जनसभाका कार्यक्रमको अघिल्लो दिन बेलुका कार्यक्रम आयोजित शहरमा मशाल जुलुसको अयोजना गर्ने निर्णय पनि गरेको छ ।
बैठकले पहिलो चरणको कार्यक्रम सफल भएको ठहर गर्दे हिजो बेलुका आयोजित शान्तिपूर्ण मशाल जुलुसमा गरेको नाङ्गो प्रहरी हस्तक्षेप र दमनको विरोध पनि गरेको छ । यस्तो घटना फेरि दोहोर्याए त्यसको गंभिर नतिजा भोग्नु पर्ने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने