म लसक-मसक गर्ने खालकी छैन :: सिर्जना सुब्बा, रंगकर्मी

६ भाद्र २०७०, बिहीबार २३:४२ मा प्रकाशित

थिएटरमा कसरी आइपुग्नुभयो?
मोडलिङ छाडेर डान्स सिकेँ। स्टेज प्रोग्राममा नाच्न थालेँ। नेपाल टेलिभिजनको ‘सुपरएक्टिङ’ रियालिटी सोमा भाग लिएँ। नाचघरमा भएको अञ्चलस्तरीय नाटक प्रतियोगितामा पुरस्कारै पाएँ। त्यहीँ एक्टिङ सिक्ने कुरा भयो र मेरो यात्रा रंगकर्मतिर मोडियो।
मोडलिङबाट मन भाँच्चिनुको कारण?
साँच्चै भन्ने हो भने मलाई मोडलिङमा खासै रुचि थिएन। गर्दिऊँ न त भनेर मात्रै गरेकी थिएँ। नाटक भनेपछि सानैदेखि रमाइलो लाग्थ्यो। एक्टिङतिर लाग्ने मेसो नपाएर मोडल बनेकी थिएँ। नाटक पाएपछि त्यो छोडिदिएँ।
कतिवटा नाटक खेल्नुभयो अहिलेसम्म?
तेह्रवटा जति पुगे कि?
यसलाई धेरै भन्ने कि थोरै?
थिएटर आर्टिस्टको काम गणितमा धेरै देखिँदैन। एउटै नाटक महिनौँसम्म प्रदर्शन हुन्छ। कहिलेकाहीँ पुरानै नाटक फेरि देखाइन्छ। फिल्मजस्तो एकचोटि प्रदर्शन गर्नासाथ साराले हेर्ने र सकिहाल्ने हुँदैन।
उही नाटक, एउटै एक्टिङ, उही कथा, उही संवाद दोहोर्‍याउँदा वाक्क लाग्दैन?
लाग्दैन। बरु जति पटक गर्‍यो, उति रमाइलो लाग्दै जान्छ। पहिलो सोभन्दा दोस्रोमा ‘इम्प्रुभ’ हुँदै जान्छ। गल्ती सच्याउँदै गइन्छ। त्यसमाथि दर्शक बढे भने त त्यतातिरको ऊर्जा पनि आफूमा समाहित भएको जस्तो हुन्छ। बरु नाटक देखाउन पाइनँ भने दिक्क लाग्छ।
अचेल त नाट्यकर्मीले फेरि वाहवाही पाउन थालेका छन् है?
सबैतिरबाट वाहवाही भएको छैन। काठमाडौँबाहिरका मान्छेलाई अझै पनि नाटक गर्ने कलाकार भनेका सडकमा ‘नौटंकी’ गर्ने हुन् भन्ने बुझाइ छ। नाटक थिएटरमा यति राम्रोसँग प्रदर्शन हुन्छ भन्ने थाहा छैन।
फिल्मतिर पनि रंगकर्मीको माग बढेको हो?
हो, थिएटरका कलाकारले राम्रो गर्छन् भनेर धेरैले पत्याउन थालेका छन्।
थिएटर आर्टिस्टले फिल्म खेल्न जरुरी छ?
छैन। आ–आफ्नो इच्छा हो तर खेल्दा कुनै नोक्सान हुँदैन।
फिल्म कति खेल्नुभयो?
फिल्म ‘आवाज’मा छापामार युवतीको भूमिकामा अभिनय गरेँ। त्यसपछि ‘लूट’मा पुतली भएर गरेँ। ‘नतिजा’ र ‘उमा’मा पनि अभिनय गरेकी छु। केही दिनपछि अर्को फिल्म ‘राहदानी’मा पनि अभिनय गर्दै छु।
तपाईंलाई सिर्जना भनेर धेरैले चिन्छन् कि पुतली?
पहिले पुतली भनेर चिने पनि त्यो सिर्जना सुब्बा भन्ने पनि धेरैलाई थाहा भइसक्यो होला अब त। स्टेज कार्यक्रम गर्न जाँदा ‘हाकु खोइ?’ भनेर हैरान पार्छन्। जे होस्, पुतली निकै फेमस भएकी छे।
सिर्जनाको हाकु कहिले खोज्ने नि?
बिहे गर्न जुरेकै छैन, हौ। म एक्लैले गर्छु भनेर भएन। साथीभाइलाई केटा खोज्देऊ भन्यो भने ‘तँ पनि केटासँग बिहे गर्छस् र?’ भनेर उल्याउँछन्। म अरू केटीजस्तो लसक–मसक गर्ने खालकी छैन रे। केटाजस्ती छस् भन्छन्। सँगै काम गर्ने केटा साथीसँग अरूको लभ पर्छ रेे, मेरा त बेस्ट फ्रेन्ड हुन्छन्।
शंका गर्ने खालको कुरा पो गर्नुभयो त?
हैट्! त्यस्तो केही होइन। म त शतप्रतिशत केटी। तर, अलि फरक सोच र स्वभाव भएकी।
किन केटाजस्ती भएकी छु?
धेरै लजाउन आउँदैन। चित्त नबुझेको कुरा फ्याट्टै भन्छु। फेरि, मेरो हुर्काइ पनि त्यस्तै भयो। स्कुलदेखि नै ‘डन टाइप’की थिएँ। संगत पनि त्यस्तै खालका केटीहरूसँग थियो। त्यसकै प्रभाव परेको होला।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो