कार्यदलले लडाकु समयोजनसम्बन्धी सबै विवादमा सहमति जुटायो

३० चैत्र २०६८, बिहीबार १४:४० मा प्रकाशित

काठमाडौ, ३० चैत । समायोजन रोजेका माओवादी लडाकुहरुलाई नेपाली सेनामा समायोजन गर्नेबारेमा उत्पन्न विवाद मिलाउन गृहकार्यको जिम्मा पाएको कार्यदलको बैठकले विवादित विषयमा सहमति जुटाएको छ । विशेष समितिको सचिवालयमा बसेको बैठकले मिल्न बाँकी रहेको विषयहरूमा सहमति जुटाएको हो । कार्य दलले गरेको सहमति भोलि बिहान प्रमुख दलका शीर्ष नेतासहित बस्ने विशेष समितिको बैठकले अनुमोदन गर्ने छ । छलफलका क्रममा कार्यदलले सबै विषयमा छलफल जुटाएको अर्थमन्त्रीसमेत रहनुभएका माओवादीका तर्फबाट कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिनुभयो । नेपाली सेनाको मातहतमा गठन हुने महानिर्देशनालयको संरचना, लडाकुले पाउने तह, छनौट समितिको स्वरुप तथा तालिमको बारेमा कार्यदलमा सहमति भएको हो । यसैगरी एमाले नेता भीम रावल सहमति जुटाउने विषयमा बसेको कार्यदलको बैठक सकारात्मक रूपमा छलफल भएको बताउँदै सहमति भएको विषयलाई शीर्ष तहका नेताहरूबीच फेरि छलफल हुने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार