चाँडो हत्यारा पत्ता लगाउन संसदीय समितिको जोड

३० चैत्र २०६८, बिहीबार १४:३९ मा प्रकाशित

काठमाडौ, ३० चैत । सप्तरीको पन्सेरामा शिवशङ्कर दासको रहस्यमय मुत्युको घटनाका दोषीलाई चाँडोभन्दा चाँडो अनुसन्धानको दायरामा ल्याई कारबाही गर्नुपर्नेमा जोड दिइएको छ । व्यवस्थापिका–संसद, महिला, बालबालिका तथा समाजकल्याण समितिअन्तर्गत गठित जातीय भेदभाव छुवाछूत समस्या र समाधानका उपाय अध्ययन उपसमितिको आजको बैठकमा दासको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरिएको हो । बैठकमा उपसमितिका सदस्य गोविन्द नेपाली, शीला कतिला, आशाकुमार सरदार, विमला नेपालीलगायतले उपसमितिको अध्ययन टोलीले भ्रमणका क्रममा घटना सुनियोजित भएको पाएको र घटनामा संलग्न जो कोही भएपनि कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको थियो । घटना जातीय विभेद्लाई लिएर केटाकेटीबीचको पे्रमका कारण भएको स्पष्ट देखिएको उहाँहरुको भनाइ थियो । बैठकमा गृह सचिव सुशीलजङ्ग राणाले घटनामा संलग्न व्यक्तिलाई चाँडै कानुनको दायरामा ल्याइने र दोषी सावित भए कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले उपसमितिले दिएको थप सुझावबाट अनुसन्धान सहज हुने बताउँदै त्यसका लागि जिल्लास्थित सुरक्षा निकायलाई परिचालन गरिसकेको बताउनुभयो । उपसमितिका संयोजक विनोद पहाडीले घटनाका दोषी पत्ता लगाउन भइरहेको अनुसन्धानलाई तीब्रता दिनुपर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार