गोर्खाल्याण्ड; आन्दोलकारीको तिब्र धरपकडसंगै अनिश्चितकालीन बन्दको घोषणा

६ भाद्र २०७०, बिहीबार २१:४४ मा प्रकाशित

दार्जिलिङ, ६ भदौ । अलग्गै गोर्खाल्याण्ड राज्यको माग सहित शान्तिपूर्ण आन्दोलनमा होमिएका गोर्खा जन मुक्ति मोर्चा सहितको ८ राजनीतिक दलका समर्थक र कार्यकर्ताहरु माथि ममता वनर्जिको पश्चिम बंगाल सरकारले गिरपतारी र तिब्र धरपकड सुरु गरे पछि अनिश्चितकालीन बन्द घोषणा गरिएको छ । गोर्खाल्याण्ड आन्दोलन सुरु भएको २० दिनको अवधिमा झन्डै सात सय नेता तथा कार्यकर्ता पक्राउ परेपछि अनिश्चितकालीन बन्द घोषणा गरिएको हो । अलग्गै गोर्खाल्याण्ड राज्यको माग सहित शान्तिपूर्ण आन्दोलनमा होमिएका समर्थक र कार्यकर्ताहरुलाई ‘न्यायिक हिरासत’ भन्दै दार्जिलिङ, कालेम्पोङ, सिलिगुडी र जलपाइगुडी प्रहरी कार्यालयमा हिरासतमा राखिएपछि तत्काल रिहाइको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले बिहिबार अनिश्चितकालीन बन्दको घोषणा गरेको हो । आन्ध्रप्रदशेको एउटा भागलाई अलगै तेलङ्गना राज्यको मान्यता दिने केन्द्र सरकारको निर्णय लगत्तै दशकौ देखि अलग्गै गोर्खाल्याण्ड राज्यको माग गरिरहेका गोर्खाहरुले उपेक्षित महसुस गर्दै पुन: आन्दोलनमा होमिएका हुन् । अलग्गै गोर्खाल्याण्ड राज्यको माग सहित शान्तिपूर्ण आन्दोलन सुरु भएको २१ औं दिन सम्म आइपुग्दा झन्डै सात सय २१ नेता तथा कार्यकर्ता पक्राउ परेको मोर्चाले जनाएको छ । बुधबार गोर्खा जन मुक्ति मोर्चाका प्रचार सचिव विनय तामाङ, विजनवारीका ‘जिटिए’ सदस्य सतिश पोखरेलसहित करिब ४० नेता तथा कार्यकर्तालाई पश्चिम बंगाल प्रहरीले पक्राउ गरेको थियो । यसअघि जिटिएका १० सभासद पक्राउ परिसकेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ