‘बी’ डिभिजन छनौटमा नवलपरासीले सुर्खेतलाई भारी गोल अन्तरले हरायो

३० चैत्र २०६८, बिहीबार १४:३८ मा प्रकाशित

काठमाडौ, ३० चैत । नवलपरासीको गैडाकोटमा जारी ‘बी’ डिभिजन राष्ट्रिय लिग छनौट प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नवलपरासी भारी गोल अन्तरले विजयी भएको छ । जनक उच्च माविको मैदानमा बिहान भएको खेलमा सुर्खेतलाई सात एक गोल अन्तरले हराउँदै नवलपरासी विजयी भएको हो । नवलपरासीका कृष्ण श्रेष्ठले खेलमा एक्लै तीन गोल गरेका छन् । यसैगरी विनोद थापा, अब्दुल मिया, खेम थापा र विक्रम थापाले भने समान एक—एक गोलको साझेदारी गरेका छन् । सुर्खेतका तर्फबाट रोशन शाहीले मात्रै एक गोल गरेका थिए । यसैबीच आजको दोस्रो खेलमा अहिले इलाम र काभ्रे भिडिरहेका छन् । खेलको दोस्रो हाफ चलिरहँदा काभ्रेका आरोग्य खोजुले एक गोल गरेर टिमलाई अग्रता दिलाएका छन् । नवलपरासी फुटबल सङ्घको सहकार्य र गैँडाकोट खेलकुद समितिको आयोजनामा चलिरहेकोे प्रतियोगितामा विजयी हुने टिमले ‘बी’ डिभिजन राष्ट्रिय लिग खेल्न पाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी