वैद्यलाई भड्काउन प्रचण्ड लागिपरेको कोइरालाको खुलासा

५ भाद्र २०७०, बुधबार २१:३८ मा प्रकाशित

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मोहन वैद्यलाई छोडेर चुनाव गराउनुको अर्थ नरहने धारणा प्रकट गरेका छन् । वैद्यपक्षलाई निर्वाचनमा जसरी पनि सहभागी गराएर मात्र निर्वाचन गराउन आफू लागिपरेको कोइरालाले बताए । सभापति कोइरालाले चुनाव मंसिर ४ मै हुने र त्यसमा नेकपा माओवादी पनि सहभागी हुने दाबी गरे ।
निर्वाचन सुनिश्चित गराउन भनी रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियानअन्तर्गत एक ज्ञापन पत्र बुझ्दै उनले संविधानसभाको निर्वाचनको मिति सार्नु भनेको मुलुकमा दुर्घटना निम्त्याउनु भएको दाबी गरे । मिति, कार्यतालिकासहित सबै कुरा तय भइसकेपछि मिति सार्न नसकिने कोइरालाले बताए । तर, कसैलाई छाडेर निर्वाचनमा जाने अहंकार कांग्रेसले नलिएको स्पष्ट पार्दै उनले सबैको सहभागितामा मंसिर ४ गते निर्वाचन हुने विश्वास व्यक्त गरे।
प्रचण्डले वैद्यलाइृ चुनावमा नआउन् भनी भड्काउन खोजिरहेको खुलासा पनि सभापति कोइरालाले गरे । आफूले प्रचण्डको यो षडयन्त्र बुझेरै वैद्यसँग पटक पटक भेटघाट र छलफल गरेको उल्लेख गर्दै कोइरालाले बिहिबार बिहान पनि आफू र वैद्यबीच भेटघाट हुन लागेको जानकारी दिए ।
कांग्रेस केन्द्रीय समितिको बैठक आगामी ७ गतेदेखि सुरु हुन लागेको र उक्त बैठकले पार्टीको नीति कार्यक्रम, घोषणा पत्रकासाथै विभिन्न विभाग गठन गर्ने सन्दर्भमा निर्णय लिने जानकारी पनि कोइरालाले दिए । कांग्रेस एक ढिक्का भएर चुनावमा गएमा यसपटक दुई तिहाइ बहुमत हासिल हुने कोइरालाले दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ