जनकपुरमा ४० जना खेलाडी सम्मानित

३० चैत्र २०६८, बिहीबार १४:३७ मा प्रकाशित

जनकपुर, ३० चैत । खेलकुद तथा सांस्कुतिक विकास कोष जनकपुरले छैठौ राष्ट्रिय खेलकुदमा पदक हासिल गर्ने ४० जना जनकपुर अञ्चलका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । कोषले आज एक समारोह गरी खेलाडी तथा प्रशिक्षकलाई टी सर्ट तथा कदरपत्र प्रदान गरी सम्मान गरेको हो । सम्मान पाउनेहरुमा महोत्तरी जिल्लाका एकजना खेलाडी र एकजना प्रशिक्षक रहेका छन् भने धनुषाका २३ जना खेलाडी र सातजना प्रशिक्षक छन् । त्यस्तै सर्लाहीका दुईजना खेलाडी र दुईजना प्रशिक्षक तथा सिन्धुलीका चारजना खेलाडीहरु रहेको महोत्तरी खेलकुद पत्रकार मञ्चका अध्यक्ष संतोष सिंहले जानकारी दिनुभयो । त्यस्तै जनकपुर अञ्चलको वाषर््िाक क्यालेण्डर पनि आजै सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलमा रोमाञ्चक जीत हात पार्दै विजयी सुरुवात गरेको छ । आईपीएलको चौधौं संस्करणको

चेन्नइ । कोलकाता नाइट राइडर्सले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन