प्रचण्डकै कारणले चुनाव नहुने प्रदीप नेपालको दाबी

५ भाद्र २०७०, बुधबार १०:५२ मा प्रकाशित

काठमाडौं, ५ भदौ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य प्रदीप नेपालले मंसिर चार गते संविधानसभाको निर्वाचन नहुने दाबी गरेकाछन् । चार दलका शीर्ष नेताहरूको उन्मादले मात्र संविधानसभाको निर्वाचन हुन नसक्ने भन्दै नेता नेपालले आन्दोलनमा रहेको नेकपा माओवादीलगायतका शक्तिलाई बाहिर राखेर निर्वाचन गर्नै नसकिने पनि बताए । कुनै पनि शक्ति तथा नागरिकलाई बाहिर राखेर गरिएको निर्वाचन यथार्थमा निर्वाचन नभई तानाशाहपन मात्र हुने उल्लेख गर्दै नेता नेपालले भने, ‘वैद्यलगायतका राजनीतिक शक्तिलाई बाहिर राखेर निर्वाचन गरिने हो भने तत्कालीन राजा ज्ञानेन्द्रले गराएको स्थानीय निकायको निर्वाचन र संविधानसभा निर्वाचनमा के फरक हुन्छ र ?’
चार दलका शीर्ष नेताहरूले भनेको मान्य हुने र अरूले बोलेको कुरा अमान्य हुने हो भने चार दलका नेताहरूले भन्नुपर्‍यो– ‘यो मुलुकमा हामीले जे भन्यो त्यो मात्र लागु हुन्छ, यहाँ अरूको विचारको कदर गरि‘दैन, हामीले भनेका मान्ने मात्र नेपाली नागरिक हुन् अरू होइन र हामीले भनेको नमान्नेलाई पेलेरै गइन्छ, वैद्य र उनका पार्टीमा लागेकाहरू नेपाली नागरिक नै होइनन् ।’ नेपाललाई लोकतान्त्रिक–गणतान्त्रिक मुलुक भन्ने हो भने प्रत्येक नागरिक तथा राजनीतिक पार्टीलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाएर मात्र निर्वाचनमा जानुपर्ने सुझाव नेपालले दिए । ‘आन्दोलनमा रहेका दलहरू निर्वाचनमा सहभागी गराउन समय दिनुपर्छ, उनीहरूको उठाएका मुद्दालाई सम्बोधन गरिनुपर्छ’ भन्दै नेता नेपालले थपे– ‘निर्वाचनमा नआएर हामी पेलेरै जान्छौ‘ भन्ने र धम्काएर समस्याको समाधान हु‘दैन, मुलुकलाई निकासतर्फ लैजान सकि‘दैन ।’
चार दलका प्रमुख नेताहरूले चुनावमा नआउनेहरूलाई भौतिक दमन गरेर, मारपिट गरेर, ठोकेरै भए पनि चुनाव गर्ने भन्दै हि‘डेको सुनिएकोबारे जिज्ञासा राख्दा चार दलका शीर्ष नेताहरूलाई नेताप्रति लक्षित गरी नेपालले प्रतिप्रश्न गरे, ‘राजधानी तथा जिल्ला सदरमुकाममा दमन गरेरै भए पनि चुनाव गर्न सकिएला, तर के गाउँमा त्यस्तो अवस्था छ ? त्यसैले वैद्यजीले सम्होलेको मोर्चामा आवद्ध दलहरूलाई सहभागी नगराई निर्वाचन गर्न सकि‘दैन । उनीहरूहको सहभागिताविनाको निर्वाचन रणभूमिमा परिणत हुन्छ ।’
चार दलका नेताहरू चुनाव गराएरै छाड्छौ‘ भन्ने र नेकपा–माओवादी जबर्जस्ती चुनाव गराए देखाइदिन्छौ‘ भन्दै हि‘डेको अवस्थामा यस्तो चुनाव हु‘दैन भन्नेमा सबै ढुक्क छन् भन्ने तर्क नेपालले गरे । दलका नेता तथा सञ्चारमाध्यमलाई पनि यो कुराको राम्रो जानकारी छ र पनि निर्वाचन हुन्छ भनेर जनतालाई झुक्याउने काम किन गरिरहेका हुन् भन्दै उनले आश्चर्य प्रकट गरे । नेता नेपालले अर्को एक प्रश्नमा भने, ‘निर्वाचनका लागि आवश्यक भौतिक तयारी कत्ति पनि पुरा नभएको तथा एमाआवादी अध्यक्ष प्रचण्डले नै चार मङ्सिरमा चुनाव नचाहेकाले पनि निर्वाचन हुन सक्दैन ।’ पार्टीको अवस्था र आफ्नो हौसियतालाई ध्यानमा राख्दै प्रचण्ड चार मङ्सिरमा निर्वाचन गराउने पक्षमा नरहेको दाबी प्रदीप नेपालको छ । उनले थपे, ‘एमाओवादी शान्ति प्रक्रियामा आएपछि अहिलेसम्म प्रचण्डले भनेकोबाहेक अरू केही भएको छैन, प्रचण्डका अगाडि एमाले, काङ्ग्रेस तथा माधेशी मोर्चाका नेताहरू ‘निउरीमुन्टी न’ लगाउ‘नछन् । हेर्नुहोला, अन्त्यमा प्रचण्डले चुनाव सारौ‘ भन्नेछन् र अन्य नेताहरूले पनि त्यसैमा सही गर्नेछन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका