कार्यवाहक अध्यक्ष नै सद्भावनामा

४ भाद्र २०७०, मंगलवार २२:१२ मा प्रकाशित

काठमाडौं, ४ भदौ । केन्द्रियस्तरदेखि ग्रामीण स्तरका कार्यकताहरुले विभिन्न पार्टी परित्याग गरि सद्भावना पार्टीमा प्रवेश गरिरहेकै बेला मंगलबार नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)का कार्यवाहक अध्यक्ष देवेन्द्र मिश्र पनि सद्भावना पार्टीमा प्रवेश गरेका छन् । सद्भावना पार्टीको केन्द्रिय कार्यालयमा आयोजित पार्टीप्रवेश कार्यक्रममा मिश्रलाई पार्टीका अध्यक्ष राजेन्द्र महतोले सदस्यता प्रदान गर्नुका साथै फुलमाला र अविर लगाई स्वागत गरेका थिए । नेपाल सद्भावना पार्टीका संस्थापक महासचिव लगायत पार्टीका विभिन्न जिम्मेवार पदमा रही कार्य गरिसकेका रौतहटनिवासी मिश्र हाल नेपाल सद्भावना पार्टी आनन्दीदेवीका कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए ।
सोमबार पनि सिरहाको लहानमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता एवं पुर्व वन राज्यमन्त्री लक्ष्मण मेहतासहित कैयनले विभिन्न पार्टी परित्याग गरि सद्भावना पार्टीमा प्रवेश गरेका थिए । विभिन्न पार्टीबाट सद्भावना पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेपछि अन्य मधेसवादी पार्टीनेताहरु पनि झस्किएका बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले