
काठमाडौ, ३० चैत । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओबादीका लडाकु र हतियार राज्यको माताहत ल्याउने बिषेश समितीको पछिल्लो निर्णयले राष्ट्रिय सहमतीको बाताबरण तयार भएको बताउनुभएको छ ।
शान्ति र संबिधान निर्माणमा सिराहबासिसँग सुझाब लिन गर्नुभएको बिशेष टेलिफोन सम्बादमा आज अध्यक्ष खनालले अब दलहरुबिच सहमतीको उपयुक्त बाताबरण तयार भएको दाबि गर्नुभयो । आफुले उठाउँदै आएको राष्ट्रिय सहमतीको एजेण्डामा अव कत्ति पनि ढिला नगरी सहमत भएर संबिधान निर्माणमा देखा परेका बिबादहरु समाधान गर्न लागि पर्नुपर्ने उहाँको दावी छ । राष्ट्रिय सहमतीको वाताबरणलाई सदुपयोग गरी शान्ति र संविधानलाई सुनिश्चित गर्नुपर्ने उहाँको भनाई छ ।
आफ्नै निबास डल्लुबाट आज उहाँले नेकपा एमाले सिराहका अध्यक्ष लिलानाथ श्रेष्ठ, एकिकृत नेकपा माओबादीका जिल्ला ईन्चार्ज हरिनाराण चौधरी, मधेशी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष किशोरी यादब, नागरिक समाजका चन्देब कामती र महिला प्रतिनिधी सम्झना थपलियासंग सुझाब लिनुभयो ।
सुझाब दिनेहरु सबैले दुई दिन अघि बिषेश समितीले गरेको निर्णयबाट निर्धारित समयमै संबिधान आउने आशा जागेको बताएका छन् । उनीहरुले जनतामा रहेको परिबर्तनको आकांक्षालाई समयमै पूर्ति गर्न सुझाब दिएका छन् ।
सुझाब दिने क्रममा एमाले सिराहका अध्यक्ष लिलानाथ श्रेष्ठले राज्यपुरसंरचना गर्दा स्थानीय तहमा तिन र केन्द्रमा दुई तहको ब्यबस्था गर्न सुझाब दिनुभयो । श्रेष्ठले उत्पीडनमा परेका सबै जनतालाई अधिकार सम्पन्न गराउन सके मात्र नयाँ संबिधानले सार्थकता पाउने बताउनुभयो । उहाँले सिराहमा पछिल्लो तिन महिनाको अबधीमा ११ वटा अपहरण तथा हत्याका घटनाहरु घटिसकेको जानकारी गराउँदै शान्ति सुरक्षाका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।
यस्तै, एकिकृत नेकपा माओबादीका जिल्ला ईन्चार्ज हरिनारायण चौधरीले जनतामा रहेको परिबर्तनको आकांक्षालाई सम्बोधन गर्नेगरि समयमै नयाँ संबिधान ल्याउन आग्रह गर्नुभयो । चौधरीले संघियताको अर्थ जनतालाई अधिकार सम्पन्न बनाउनु भएको भन्दै फेरी पनि अधिकार प्राप्तिका लागि आवाज उठाउ नपर्ने गरी शिर्ष नेताहरुले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले न्याय प्रणालीको सुधारका लागि न्याधिसहरु पनि संसदबाट अनुमोदित हुनुपर्ने प्राबधन राख्नुपर्नेमा जोड दिनुभयो ।
मधेशी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष किशोरी यादबले मधेश आन्दोलनका क्रममा भएको सहमति कार्यन्वयन कहिले हुन्छ भनि प्रश्न गर्नुभयो । उहाँले शोषित पिडीत मधेशि जनता अधिकार सुनिश्चत हुन्छ की हुदैन भन्दै नयाँ संबिधान पर्खेर बसिरहेको जानकारी दिनुभयो ।
नागरिक समाजका प्रतिनिधी चन्द्रदेब कामतीले जतिसक्दो चाँडो संबिधान निर्माणमा रहेका बिबादीत बिषयहरुमा सहमती गरेर जनतालाई आश्वस्त बनाउन आग्रह गर्नुभयो ।
महिला प्रतिनिधी सम्झना थपलियाले तराईमा अझै पनि महिला हिंसाका घटनाहरु घटिरहेको भन्दै नयाँ संबिधानमा महिला अधिकार सुनिश्चत गर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले जातीय राज्य बनाउनुपर्ने नाजायज मागका पछी नलाग्न नेताहरु सर्तक रहनुपर्नेमा जोड दिनुभयो ।
सुझाब सुनिसकेपछी अध्यक्ष खनालले सेना समायोजनमा सहमती गर्न बाँकी बिषयहरुमा एक दुई दिनभित्रै सहमती हुने भन्दै संबिधान निर्माणमा रहेका बिबादहरु सुल्झन हप्ता दश दिनको समय लाग्ने बताउनुभयो । उहाँले नयाँ बर्षको उपलक्ष्यमा नेपाली जनतालाई संबिधान निर्माणमा रहेका मतभिन्नताहरुमा सहमती गरेर उपहार दिन शिर्ष तहमा छलफल भईरहेको समेत बताउनुभयो । मधेशी जनताका सवालहरुमा एमाले संबेदनशिल भएको बताउँदै नयाँ संबिधानमा मधेशी जनताको अधिकार सुनिश्चित गरिने अध्यक्ष खनालले वताउनु भएको उहाँका स्वकीय सचिब रामबाबु अधिकारीले जानकारी दिनुभयो । यो विशेष संवाद भोलि पनि जारी रहने छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । असार १३ गते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका
बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा