आलोक आएपछि असन्तुष्ट दलहरु पनि निर्वाचनको पक्षमा !

४ भाद्र २०७०, मंगलवार ०८:०८ मा प्रकाशित

काठमाडौं, ४ भदौ । नेकपा-माओवादीलगायत केही दलको असन्तुष्टिका कारण निर्वाचन हुने-नहुने आशंका कायम रहेको अवस्थामा भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विङ ‘र’ का प्रमुख आलोक जोशीको नेपाल आगमनले उपल्लो राजनीतिक तप्कामा विशेष हलचल पैदा गरेको छ । मंसिर ४ का लागि घोषित संविधानसभा निर्वाचनबारे परामर्श गर्ने उद्देश्यले गत साउन ३० गते नेपाल आएका ‘र’ प्रमुख जोशी अझै नेपालमै रहेका र गोप्य तवरबाट विभिन्न दलका शीर्ष नेतृत्वसँग भेटघाट र छलफलमा व्यस्त रहेको स्रोतको भनाई छ ।
बताइएअनुसार काठमाडौं ओर्लिएकै निर्वाचन प्रक्रियाप्रति असहमत रहेको उपेन्द्र यादव नेतृत्वको मधेसी फोरमसहित आठ दलसम्बद्ध संघीय लोकतान्त्रिक मोर्चा र उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेका महन्थ ठाकुर, विजयकुमार गच्छदारलगायत सम्बद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेतासँग आलोकले भेट गरेका थिए । त्यसको भोलीपल्टै उपेन्द्र यादवहरु निर्वाचनमा जान सहमत भएका थिए । महिनौँदेखि विरोधमा रहेकाहरु यसरी अचानक चुनावके पक्षमा देखिएबाट भारत जसरी पनि मंसिरमा निर्वाचन गराउन उद्यत् रहेको छनक मिलेको विश्लेषण गरिन थालिएको छ ।
स्रोतका अनुसार जोशीले तीन प्रमुख दलका शीर्ष नेतृत्वसँग पनि भेटघाट गरी चुनावी सुनिश्चितताका बारेमा विचारविमर्श गरिसकेको छ भने निर्वाचनको सख्त विरोधमा रहेको नेकपा(माओवादीका नेताहरुसँग पनि नेपाल मिसन प्रमुख रहेका जोशीले भेट गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ