त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला विमान अवतरणमा रोक

४ भाद्र २०७०, मंगलवार ०७:५० मा प्रकाशित

काठमाडौं, ४ भदौ । धावनमार्गको पिच उप्किएर पटक पटक विमान अवतरण प्रभावित हुन थालेपछि आन्तरिक सुरक्षाको कारण देखाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज (वाइड बडी) अवतरणमा रोक लगाएको छ । साता दिनभित्रै पाँच पटकसम्म धावन मार्गको पिच उप्किएर हैरानी खेप्नु परेपछि धावनमार्गको पूर्ण निर्माण नसकेसम्मका लागि ठूला जहाज नल्याउन प्राधिकरणले अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पत्राचार गरिसकेको बुझिएको छ । बुकिङ भइसकेकाको उडानबाहेक ठूला जहाजको अन्य उडान र अवतरण आगामी १५ सेप्टेम्बरसम्मका लागि यसै सातादेखि बन्द रहने प्राधिकरणले जनाएको छ ।  विमानस्थलको धावन मार्ग सन् १९६७ मा निर्माण भएपछि हालसम्म टालटुलमै चल्दै आएको छ ।
बताइएअनुसार प्राधिकरणले हाल सञ्चालित बोइङतर्फ ७३७ र एयरबस ३२० सम्मका जहाजबाट मात्र यात्रु ओसार्न सबै विमान कम्पनीलाई निर्देशन गरेको छ । वर्षात्को मौसममा धेरै पटक धावन मार्गको कालोपत्रे उप्किने समस्याबाट मुक्त हुनका लागि प्राधिकरणले केही समयका लागि यस्तो उपाय अपनाएको भए पनि यसले नेपालको प्रतिष्ठामा भने आँच पुगेको कतिपयले टिप्पणी गरेका छन् । धावन मार्ग जीर्ण भई मर्मत गर्ने बहानामा एक्कासी गरिएको प्राधिकरणको यस निर्णयले अब काठमाडौंबाट वैदेशिक रोजगारीमा जानेहरूलाई विशेष असर पुग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्