प्रचण्डकै कारण संविधान नबनेको सीपीको दाबी

३ भाद्र २०७०, सोमबार १९:५३ मा प्रकाशित

काठमाडौं, ३ भदौ ।  कुनेबेला विगतको संविधानसभाबाट संविधान नबन्नुको प्रमुख दोषी कांग्रेस र एमाले भएको आरोप लगाउने नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले बोली फेरेका छन् । गजुरेलले संविधानसभाबाट संविधान नबन्नुको कारकतत्व एमाओवादीका अध्यक्ष प्रचण्ड रहेको दाबी गरेका छन् ।
सोमबार जनकपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै माओवादी उपाध्यक्ष गजुरेलले प्रचण्ड संविधान बनाउने पक्षमा नरहेको खुलासा गर्दै एमाओवादीका  अध्यक्ष प्रचण्डकै संयोजकत्वमा रहेको तत्कालीन विवाद समाधान उपसमितिले विवादित विषयमा छलफल नगरेकाले संविधानसभाको विघटन भएको आरोप पनि लगाए ।
उनले बल प्रयोग गरेर हुने निर्वाचनले देशमा द्वन्द्व निम्त्याउने चेतावनी दिँदै आफ्नो पार्टी निर्वाचनविरोधी नभएको सफाई दिए । माग पूरा नभएमा निर्वाचनमा जानुको औचित्य नभएको र निर्वाचन हुन नदिने पनि उनले दोहोर्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई