बैशाख ५ गतेभित्र संविधानका विवादित विषयमा सहमति बन्ने संविधानसभा अध्यक्षको विश्वास

३० चैत्र २०६८, बिहीबार १४:१९ मा प्रकाशित

काठमाडौ, ३० चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बैशाख ५ गतेभित्र संविधानका विवादित विषयमा सहमति बन्ने दावी गरेका छन् ।
आफ्नै कार्यकक्षमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष नेम्वाङले कार्यब्यवस्था परामर्श समितिमा प्रमुख दलका शिर्ष नेताहरुले गरेको प्रतिबद्धता अनुसार सेना समायोजनको काम पछाडी फर्कन नसक्ने गरी अगाडि बढेको उल्लेख गर्दै यहि स्प्रिटमा बैशाख ५ गतेभित्रै संविधानका विवादित विषयमा सहमति बन्ने विश्वास ब्यक्त गरे ।
उनले भने– शिर्ष नेताहरुले चैत्र ३० गते भित्र समयोजन र बैशाख ५ गतेभित्र संविधानका विवादित विषयमा सहमति कायम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । त्यसअघिनै समायोजनमा ऐतिहासिक निर्णय भयो । अब यहि स्प्रिटमा बढे बैशाख ५ गते भित्र सहमति बन्छ ।
जेठ १४ गतेभित्र संविधान जारी हुने विश्वास ब्यक्त गर्दै उनले दलहरुलाई प्रतिबद्धता अनुसार अघि बढ्दै संबैधानिक समिति र विवाद समाधान उपसमितिको बैठक बसेर सहमति गर्न आग्रह गरे । उनले भने–सेना समायोजनको निर्णय भएकोले अब संविधान बन्ने निश्चित भएको छ ।
शान्ति प्रक्रिया र संविधान निर्माण कार्य एक अर्कासँग अन्र्तसम्बन्धीत रहेको भन्दै शान्ति प्रक्रिया पछाडि फर्कन नसक्ने गरी अगाडि बढेकोले अब संविधान निर्माणको काम पनि दु्रत रुपमा अगाडि बढने नेम्वाङले बताए । उनले भने– संविधान निर्माणको क्रममा असहतजता हटेर विश्वासको वाताबरण बनेको छ । अब संविधान निर्माण हुन्छ ।
सेना समायोजनका सन्दर्भमा भएको निर्णयलाई ऐतिहासिक भन्दै नेम्वाङले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री डा बाबुराम भट्टराई , नेपाली काग्रेस, नेकपा एमाले र मधेसी मोर्चालाई धन्यवाद दिए ।
संविधान निर्माणकोलागी सकारात्मक दवाव दिनु पर्ने आवश्यकता औल्याउँदै नेम्वाङले संविधान निर्माणको काममा सर्तक रुपमा खवरदारी गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट

काठमाडौं । गत २४ घण्टामा ८९६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २०२४५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८९६०