गेष्टहाउसमा छापा मार्दा तीन दर्जन युगल जोडी प्रहरी नियन्त्रणमा

३ भाद्र २०७०, सोमबार १२:१९ मा प्रकाशित

काठमाडौं, ३ भदौ । काठमाडौंका विभिन्न मसाज सेन्टर र गेष्ट हाउसमा छापा मारेर प्रहरीले तीन दर्जनभन्दा बढि जोडीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले ठमेलस्थित न्यू­हर्बल मसाज सेन्टरमा छापा मारेको थियो । सो सेन्टरमा शंकास्पद अवस्थामा रहेका ललितपुर थसिखेलका ३६ बर्षीय आलन राईसहित ३ जना पुरुष र ३ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसैगरी, बागबजार क्षेत्रमा रहेका होटल तथा लजमा गरिएको विशेष चेकिङका क्रममा प्रहरीले काभ्रे गेष्ट हाउसमा संकास्पद अवस्थामा रहेका पुरुष ३ र महिला ३ जना तथा सेहाजन गेष्ट हाउसबाट १ जना पुरुष र १ जना महिलालाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तै, म्याग्दी गेष्ट हाउसबाट ३ जना पुरुष र २ जना महिला र गेष्ट हाउसको संचालकलगायत १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता गोंगबुका गेष्टहाउसमा पनि प्रहरीले छापा मारेको थियो । त्यहाँका तनहुँ स्याङजा­ वालिङ गेष्ट हाउस, भूमिका गेष्ट हाउस, यति गेष्ट हाउसबाट ९ जना महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।
उता, माछापोखरीमा रहेको लालीगुँरास गेष्ट हाउसबाट शंकास्पद रुपमा बसेका २ जना पुरुष र २ जना महिला तथा गंगाहल अगाडि रहेको कावेली गेष्ट हाउसबाट १ जना पुरुष र १ जना महिलालाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी