नेपालद्वारा ओलीमाथि परोक्ष प्रहार !

३ भाद्र २०७०, सोमबार १२:०६ मा प्रकाशित

काठमाडौं, ३ भदौ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू यसपटक पनि काठमाडौं र रौतटहबाट नै चुनाव लड्ने बताएका छन् । काठमाडौंबाट अघिल्लो चुनावमा लज्जास्पद पराजय भएको घटनाबाट आफू निरास होइन केही पाठ सिकेर थप उत्साहित बनेको उनले बताए ।
सोमबार कास्की पोखराम आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले निर्धारित समयमै चुनाव सम्पन्न गर्न असन्तुष्ट माओवादी पक्षको पनि साथ दिन तीव्र प्रयास भइरहेको बताउँदै वैद्य पक्षको सहभागिताविना निर्वाचन गर्न नहुने उल्लेख गरे ।
पार्टीको निर्णय विपरित युवा संघले गठन गरेको महिला युथ फोर्सले वैधानिकता नपाउने दाबी उनले सञ्चारकर्मीमाझ गरे । उनले भने, ‘युथफोर्स गठनलाई रोक्न अध्यक्ष झलनाथ खनालको पत्र गईसकेको छ, अध्यक्षको निर्देशनलाइ कसैले अवज्ञा गर्नुहुँदैन ।’ पार्टी अध्यक्षको निर्णय नमान्नेले कसैको पनि निर्णय नमान्ने भन्दै अध्यक्षले गलत निर्णय गरे पनि त्यसलाई स्वीकार गरेर अघि बढ्नु पर्ने नेपालको धारणा थियो ।
पार्टीको नीतिविपरित भएको कार्यक्रममा शीर्षतहका नेताहरु सहभागी हुनु पनि गलत रहेको भन्दै उनले परोक्ष रुपमा नेता वली र उपाध्यक्ष विद्या भण्डारीको आलोचना गरे । स्मरणरहोस्, एमालेमा यतिबेला वली र खनाल पक्षबीच अध्यक्ष पदका लागि रस्साकस्सी चलेको छ  भने यस खिचातानीमा नेपालले खनाललाई सघाउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो