सिरियाले विद्रोहीका विरुद्धको सबै कारवाही बन्द गर्ने

३० चैत्र २०६८, बिहीबार ११:५० मा प्रकाशित

काठमाडौ, ३० चैत । चर्को अन्तर्राष्ट्रिय दवावपछि सीरिया सरकार आजवाट विद्रोही पक्ष विरुद्ध जारी सवै प्रकारको फौजी कारवाही अन्त्य गर्न सहमत भएको छ ।
संयुक्त राष्ट्रसंघ र अरब लीगको मध्यस्थतावाट सीरिया सरकार युद्धविरामको निर्णयमा पुगेको हो ।
स्थानीय समय अनुसार विहिवार विहान ६ वजेदेखी नै पुरै देशभर फौजी कारवाही रोकिने सीरियाली अधिकारीहरुले आफूलाई वताएको मध्यस्थताका लागि राष्ट्रसंघद्धारा नियुक्त पूर्व महासचिव कोफी अन्नानले बताएका छन ।
तर विद्रोही पक्षका एक नेताले भने सीरियाली सरकारको यस्तो घोषणा कार्यान्वयन नहुने वताएका छन् ।
हिजो होम्स शहरमा कम्तिमा ११ जनाको ज्यान लिए लगत्तै सरकारले युद्ध विरामको घोषणा गरेको भन्दै यसवाट हिंशा अन्त्य नहुने वताएका हुन् ।
विद्रोही संगठनका नेता क्याप्टेन एहम अल कुर्दीले सरकारी फौजले गोली चलाउन वन्द गरे सीरियाली जनता राष्ट्रपति भवनसम्म पुग्ने र अन्ततः वर्तमान सरकार हटाएरै छाड्ने दृढता व्यक्त गरेका बीबीसीले जनाएको छ ।
राजनितिक सुधार र राष्ट्रपति वशर अल असदको राजिनामाको माग सहित गत १३ महिना यता चर्किएको हिंशात्मक आन्दोलनका क्रममा सीरियामा झण्डै ८ हजारले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा