कांग्रेस नेता पहाडीको अवस्था गम्भीर

२ भाद्र २०७०, आईतवार २१:५६ मा प्रकाशित

काठमाडौं, २ भदौ । केही समयदेखि बिरामी पर्नुभएका नेपाली कांग्रेसका नेता गोपालराज पहाडीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। कांग्रेस केन्द्रीय सदस्य पहाडी मृगौला, मुटु, मधुमेह, उच्च रक्तचापबाट पीडित हुनुहुन्छ भने करिब एक महिनाअघि देख सिनामङ्गलस्थित नेपाल मेडिकल कलेजमा पहाडीको उपचार चलिरहेको छ । पहाडीको दुबै मृगौलाले काम गर्न छोडेको छ भने दिल्लीको एपोलो अस्पतालले त उहाँको मृगौला प्रत्यारोपण हुन पनि नसक्ने बताएको छ ।
संखुवासभाको सिरिसेका पहाडी प्रजातान्त्रिक अन्दोलनमा पूर्ण रुपले समर्पित नेताका रुपमा चिनिनुहुन्छ भने विगत १७ वर्षदेखि उहाँ लगातार नेपाली कांग्रेसको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।
अत्यन्त सादा जीवन बिताउने पहाडी कांग्रेस सभापति सुशील कोइरालाका प्रियपात्रका रुपमा कांग्रेसवृत्तमा चिनिनुहुन्छ । अपरिचित व्यक्तिका लागि कडा मिजाजका गोपाल पहाडी अविवाहित हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप