‘जय माँ कालिका’ले भ्याट छलेपछि राष्ट्रबैँकको प्रतिबन्ध

२ भाद्र २०७०, आईतवार ०७:३२ मा प्रकाशित

काठमाडौं, २ भदौ । सरकारलाई मूल्य अभिवृद्धि कर नतिरी बक्यौता राखेको अभियोगमा नेपाल राष्ट्र बैंकले जय माँ कालिका सिमेन्ट उद्योगलाई बैंकबाट रकम झिक्न रोक लगाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गरी सो सिमेन्ट उद्योग र त्यसका प्रोप्राइटर सुनीलप्रसाद मैनालीलाई नेपालभरका बैंक तथा वित्तीय संस्थाबाट रकम झिक्न रोक लगाएको हो । राष्ट्र बैँकले आन्तरिक राजस्व कार्यालय हेटौँडाको पत्रअनुसार बैंकबाट रकम झिक्न नपाउने व्यवस्था गरिएको हो ।
सो सिमेन्ट उद्योगले विगत लामो समयदेखि सरकारलाई मूल्य अभिवृद्धि कर नतिरी बक्यौता राखेको बुझिएको छ ।  राजस्व कार्यालय हेटौंडाले गत २१ साउनमा राष्ट्र बैंकलाई पत्राचार गरी सो सिमेन्ट उद्योगले नेपाल सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला नगरी लामो समयसम्म बक्यौता राखेका कारण सो उद्योग र त्यसका प्रोप्राइटर मैनालीले बैंकमा रकम राख्न सक्ने तर झिक्न नसक्ने व्यवस्था गरिदिन पत्राचार गरेको बुझिएको छ । सोही पत्रको आधारमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई