गोर्खाल्याण्ड बंगाल अधिनस्थ भाग थिएन र होइन: बिमल गुरुङ

१ भाद्र २०७०, शनिबार २०:४७ मा प्रकाशित

दार्जिलिङ, १ भदौ । गोर्खा जन मुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले गोर्खाल्याण्ड इतिहाँसमा कहिल्यै बंगालको अधिनस्थ भाग नरहेको बताउनु भएको छ । अलग्गै गोर्खाल्याण्ड राज्यको माग गर्दै आन्दोलनमा होमिएका दार्जिलिङका राजनीतिक पार्टीहरूको नेतृत्व गरिरहनु भएका गोर्खा जन मुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले गोर्खाल्याण्ड इतिहाँसमा कहिल्यै बंगालको भाग नरहेको र शन १८३५ मा ब्रिटिशहरुले सिक्किम अन्तर्गत इस्ट इंडिया कम्पनी मार्फत भाडामा लिगेको तर इतिहाँसमा कहिल्यै गोर्खाल्याण्ड बंगालको अधिनस्थ भाग नरहेको एतिहांसिक तथ्यमा जोड दिएका छन । गुरुंगले भने कालिङ्ग्पोङ्ग अर्थात् अहिलेको दार्जिलिङ जिल्ला, डूर, जल्पैगुड़ी सहन १९६५ मा भुटान बाट भारत अधिनस्थ बनेको इतिहाँसले बताउछ । उनले छुट्टै गोर्खाल्याण्डको आन्दोलनको मुख्य नारा “जय हिन्द जय गोर्खा” भएको बताए । यसै बीच गोर्खा जन मुक्ति मोर्चाका महासचिब रोशन गिरीले अलग्गै गोर्खाल्याण्ड राज्यको मागलाई पश्चिम बंगाल सरकारले सम्बोधन गरन नसक्ने हुदा केन्द्र सरकारलाई यो समस्या समधानका लागि आग्रह गरेका छन् । गिरीले भने गोर्खाल्याण्डका जनता अबिलम्ब केन्द्रले हस्तक्षेप गरेर छुट्टै गोर्खाल्याण्डको घोषणा गरोस भनिरहेका छन् । गिरीले छुट्टै गोर्खाल्याण्डको आन्दोलनकारी राजनीतिक पार्टी पश्चिम बङ्गालकि मुख्यमन्त्रि ममता वनर्जीसंग पनि बार्ता गर्न तयार रहेको तर केन्द्रको मध्यस्ततामा मात्र बार्ता गर्न सकिने बताएका छन् । छुट्टै गोर्खाल्याण्डको माग सहित भदौ ३ देखि ८ गते सम्मका लागि घरभित्र जनता नामक ‘जनकर्फ्यू’ गरेको घोषणालाई यस क्षेत्रका जनातले अपार जना समर्थन दिए पछि यति बेला राज्य सरकार आन्दोलन दबाउने सबै हत्कण्ड असफल भएको निश्कर्षमा पुगेको छ । पश्चिम वंगालका मुख्यमन्त्री ममता वेनर्जीले गत शनिवार ७२ घण्टाभित्र आन्दोलन फिर्ता लिन दिएको अल्टिमेटमको विरोधमा गोर्खाल्याण्डका समर्थकहरुले घरभित्रै बसेर ‘जनकर्फ्यू’ लगाउन सुरु गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा