कांग्रेसद्वारा उम्मेदवार छान्ने प्रक्रिया सुरु

१ भाद्र २०७०, शनिबार २०:२९ मा प्रकाशित

काठमाडौं, १ भदौ । नेपाली कांग्रेसले आगामी संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट उठाइने उम्मेदवारको नामावली यही भदौ २० गतेभित्र केन्द्रमा सिफारिस गरी पठाउन जिल्ला कार्यसमितिलाई निदैृशन दिएको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको कोन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले जिल्ला, क्षेत्र, नगर वडा, गाउँ वडा तथा मतदान केन्द्र समितिहरुका पदाधिकारीको नामावली पनि २० गतेअघि नै केन्द्रमा पेस गर्न सबै जिल्ला समितिलाई निर्देशन दिएको छ ।
यसैगरी चुनाव खर्च जुटाउनका लागि सभापति सुशील कोइरालाको संयोजकत्वमा सात सदस्यीय निर्वाचन कोष निर्माण समिति गठन गरिएको छ । समतिका सदस्यहरुमा वरिष्ठनेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य रामकृष्ण ताम्राकार, केन्द्रीय सदस्य डा. रामशरण महत र के.स. दीपकुमार उपाध्याय रहेका छन् ।
यसैगरी रामचन्द्र पौडेलको संयोजकत्वमा १५ सदस्यीय घोषणा पत्र निर्माण समिति पनि गठन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा