नायिका शर्मिला मल्लको बैंस डान्स क्लबमा

१ भाद्र २०७०, शनिबार १८:१९ मा प्रकाशित

काठमाडौ’। जति उमेर ढल्कियो उति राम्री देखिन्छिन् शर्मिला मल्ल′ यस्तै दुई–चारवटा बखान हुँदै थियो छायाङ्कनस्थलमा। यो कुरा नायिका शर्मिला मल्लको कानमा पुगेछ। अनि उनी गफ भएतिरै आइन् र भन्न थालिन्, ‘राम्री नदेखिने उमेरसम्म त म पुगेकी छैन नि। त्यसरी नभन्ने कि?’ एकछिन् सुटिङस्थल नै हाँसोमय भयो। प्रसङ्ग हो चलचित्र ‘सिसा’को सुटिङस्थलको। जस्तो पायो त्यस्तो र जसको पायो त्यसको चलचित्रमा काम नगर्ने नायिका शर्मिला मल्ल गत हप्ता काठमाडौंको दरबारमार्गमा रहेको एउटा डिस्को क्लबमा नायक जीवन लुइँटेलसँग गिलासमा गिलास ठोक्काएर मस्ती गरिरहेकी थिइन्। ‘यो ग्लासमा रक्सी होइन नि कोक हो। रक्सीजस्तै देखाउनका लागि सुटिङ गरिएको हो,’ उनले आफू मदिरापानबाट टाढै रहेको सङ्केत गराइन्।
सुन्दरताका कारण सधैँ शर्मिला चर्चामा नै रहिन्। उनको यो राज अझै खुलेको छैन र त्यही सुन्दरतालाई आफ्नो सिनेमामा कैद गर्न आफूले शर्मिलालाई चलचित्र सिसामा कैद गरेको कुरा बताए निर्देशक शरद केसीले। साँच्चै! अलग लुकमा आएकी थिइन् शर्मिला। विक लगाएर नयाँ गेटअपमा प्रस्तुत भएकी शर्मिलाको बैंसमा लोभिएर थुतुक्क हुनेहरूको सङ्ख्या सिसामा ठूलै रहेछ। अनि आफ्नो बैंसमा पागल हुनेहरूलाई प्रयोग गर्ने गजबको भूमिका पाएकी रहिछिन् शर्मिलाले। ‘वास्तविक जीवनमा मेरो बैंससँग को–कति आकर्षित भएका छन् त्यो मलाई थाहा भएन तर चलचित्र सिसामा भने मेरो बैंस देखेर जिब्रो टोक्नेहरूको होस्हवास गुमाइदिएकी छु मैले,’ शर्मिलाले आफ्नो भूमिकाबारे बेलिविस्तार लगाइन्। केही चुनौतीपूर्ण र वाह गर्न लायकको भूमिका भएकै कारण आफूले सिसामा काम गरेको कुरा उनले बताइन्। शर्मिला भन्छिन्, ‘नयाँ काम देखाउन चलचित्र खेल्ने सोच बनाएकी छु।’

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।