बोरिङबाट मिथेन ग्यास निस्किँदा रोज भिलेजवासी आतंकित

३२ श्रावण २०७०, शुक्रबार १७:१८ मा प्रकाशित

काठमाडौं, ३२ साउन । पिउने पानीको व्यवस्था गर्न निर्मित बोरिङबाट पानीको सट्टा ग्यास निस्कन थालेपछि भक्तपुर बालकोटस्थित रोजभिलेजवासी त्रसित बन्न पुगेका छन् । सात वर्षदेखि पानी निस्किरहेको बोरिङबाट साता दिनअघिदेखि पानी आउन बन्द भएको थियो । पानी सुकेको दुखेसो झेल्दै आएका ७० घर रोज भिलेजवासी पानीको ठाउँमा हुर्हुर्ती बल्ने ग्यास निस्कन थालेपछि कतै आगलागीबाट बस्ती नै ध्वस्त हुने हो कि भन्ने भयबाट आक्रान्त बन्न पुगेका हुन् ।
ग्यास निस्केको ठाउँमा खानी विभागका कर्मचारी पुगेर जाँच गरेका छन् । जाँचबाट सो ग्यास मिथेन ग्याँस भएको पुष्टि भएको छ । ग्यासका कारण स्थानीयवासी त्रसित भएपनि खानी विभागका कर्मचारीले भने सधैं यसरी ग्याँस निस्किएमा पाइपबाट टोलमा वितरण गर्न सकिने बताएका छन् । गहिरो बोरिङबाट ग्यास निस्केकोले यो स्थायी रुपमा निस्कन पनि सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्