राजतन्त्र नफर्कने राप्रपा नेपाल अध्यक्ष थापाको दावी

३० चैत्र २०६८, बिहीबार ११:४३ मा प्रकाशित

महोत्तरी, ३० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब आफूहरुले चाहेर पनि मुलुकमा राजतन्त्र फर्कने संभावना नरहेको बताउनु भएको छ । नयाँ बन्ने संविधानले सबैलाई समेट्नु पर्ने भन्दै उहाँले संविधानले कसैलाई निषेध भने गर्नु नहुने बताउनुभयो । महोत्तरीको बर्दिवासमा आज पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष थापाले मुलुकमा संघिय गणतन्त्रात्मक संविधान बने पनि आफूहरुले प्रजातान्त्रिक अधिकारको उपयोग गर्दै राजासहितको प्रजातन्त्रको वकालत गर्न भने नछाड्ने बताउनुभयो । पछिल्लो समयमा दलहरुबीच सेना समायोजनको विषयमा भएको सहमतिलाई सकारात्मक भएपनि माओवादीकै एउटा पक्षको विरोधले भने सहमति कार्यान्वयनमा आशंका बाँकी नै रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको