जनआन्दोलन समितिले संघर्षका कार्यक्रम सार्वजनिक गर्ने

३० चैत्र २०६८, बिहीबार ११:४१ मा प्रकाशित

काठमाडौ, ३० चैत । जनपक्षीय संविधान जारी गर्नुपर्ने माग गर्दै माओवादीको बैद्य समूह र साना कम्युनिष्ट पार्टीहरु आवद्व संयुक्त राष्ट्रिय जनआन्दोलन समितिले आज थप संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । आन्दोलनको स्वरुपको बारेमा छलफलगर्न जनआन्दोलन समितिको बैठक बुद्वनगरमा बसिरहेको छ । एकीकृत माओवादीको बैद्य समूह लगायत बिभिन्न १२ ओटा साना कम्युनिष्ट पार्टीहरु संयुक्त राष्ट्रिय जनआन्दोलन समितिमा आवद्व छन् । बिहानदेखि जारी बैठकमा आगामी बैशाख महिनामा गरिने विरोध र आन्दोलनको कार्यक्रमको बारेमा कुराकानी भइरहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका मणि थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आजै आन्दोलनका कार्यक्रम पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ । स्रोतका अनुसार बैठकमा माओवादीको बैद्य समूहले लडाकुलाई नेपाली सेनाको जिम्मा लगाउने संस्थापन पक्षको विरुद्वमा आन्दोलन केन्द्रीत गर्नुपर्नेमा जोड दिइरहेको छ । राष्ट्रियता, जनताको संघीयता तथा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, शान्ति एवम जनजीविका तथा भ्राष्टाचारको विरोधगर्दै चैत १० मा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिले पहिलो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव