दलाई लामाको वेबसाइट ह्याक गरियो

३१ श्रावण २०७०, बिहीबार ०८:०७ मा प्रकाशित

एजेन्सी । तिब्बतको निर्वासित सरकारको चिनियाँ भाषाको वेबसाइट ह्याक गरेर भाइरसबाट संक्रमित तुल्याइएको छ । तिब्बती धर्मगुरु दलाई लामा निर्वासित तिब्बती सरकारका आध्यात्मिक प्रमुख हुन् । कम्प्युटरहरुको सुरक्षासम्बन्धी काम गर्ने कम्पनी क्यास्प्रस्की ल्यावलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार केन्द्रीय तिब्बती प्रशासन (सीटीए)को वेबसाइटमाथि आक्रमण गरिएको छ । वेबसाइटमा जोडिन आउने व्यक्तिहरुमाथि निगरानी गर्नका लागि खतर्नाक भाइरसवाला सफ्टवेयर प्रयोग गरिएको बताइएको छ ।
तिब्बत डट नेट तिब्बती प्रशासनको आधिकारिक वेबसाइट हो जो भारतको धर्मशालाबाट सञ्चालन गरिन्छ । क्यास्प्रस्की ल्यावले उल्लेख गरेअनुसार सीटीएको वेबसाइटमाथि सन् २०११ देखि ह्याकर्सको एक समूहले लगातार हमला गर्दै आएको छ । यसरी तिब्बती वेबसाइटविरुद्धको अभियानमा चिनीयाँभाषी मानिसहरुको संलग्नता रहेको अनुमान क्यास्प्रस्कीका शिक्षा प्रबन्धक राम हरकानायडुले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर